खोज्दछ वेदनालाई बिर्सन केही शीतल
शीतल मलम ! शीतल मलमजस्ती आएँ
अतिलुन्दरी प॒तली बहरंगकी म परीआशा ।
(३५)
"मेरो मधुर शीतल स्पर्शमा वेदना भाग्छे ।
कम-से-कम क्षणभर...विस्मृति सुखदायित्ती
आउँछै तब बरफसरि...मानव भुल्दछ-शतवण ।
मै जीवनदायिनी सकल संसारकी-सकल
भ्रान्त जीव और मानवकी । मनिना कोही
सुखी छैन जगतमा । म सपनाकी ज्योतिसदृश
क्षण, क्षणकी छु...प्रतिक्षण मानव देख्दछ
अझ, अक मधुर ज्योति, अरु नवीन, अञ्च सुन्दर ।
(३६)
"मै छु त्वरित पंखकी, जलथल-गामिनी,
मृत्यु उपरकी अमृत । तिमीरकी चाँदनी म ।
मृत-संजीवनी संसारकी । म निशाकी तारा ।
म अमरत्वकी भाषा । मैले पुर्ने दगका जल
प॒ग, युगका । मेरो संदेश दिईकन गए
क्राषि, मुनिहरू पूर्व और प्रतीचीमा सदा ।
(३७)
"उ : हेर, उ : हेर्, प्रमिषस ! एक जागृत जाति
रोइरहेको छ, रगतका थोप्लाले रंगिएको
काँढा काँढाको ताजउपर ! त्यस ताजधारीले
मधर संदेश दियो अमर वाणीमा जनमा
अमृत आशाको कंटकाकीर्ण पचमा
अविकृत, अविकत, प्रसन्न मृहार ।
(३८)
"उ : अर्को ! सधिरमय कोलाहलमा अघोर
कुरुक्षेत्रको, बोल्दछ सुवर्ण बाणी मेरो !
अनन्त युग मिलिन्द त्यस सुवर्णन्रिपुष्प-
सारमा जिज्ञासु उडिरहेछन् प्रशंसायुत !
मीठो अमृत बाणी ! अहा, रस मधुर अम्लान !
(३९)
"म जीवनकी चंचला फोहरा रशिमरंगीन ।
म नव वसन्तकी कोकिला । म पुष्पकी
मधुर ज्योति ! म प्रतिदिवसकी उद्घाटन ।
स्न प्रमिथस ! समय सबै छैन अँध्यारो ।
रात पछाडि प्रभात छ । मृत्यु पछि जीवन ।
सुनसान पट हो नव चित्रणहरूको ।
Page:Prometheus.pdf/111
Appearance
This page has not been proofread
