(१०)
त्षषणी, अमरवयसी सुररमणी ।
मदिरा, मदिरोन्मत्ता लाल कपोल,
मन्मथमथिनी, जादूडोल,
छुमछुम छैयाँमा मस्त,
श्पँगार र दिव्यमा अनमोल,
मर्त्यबाट अलक्षित ह्र, ह्र,
नारंगी अञ्चल, हीरक नूर, नूर,
सुवर्णवर्ण लसित ललित कपुर,
स्वप्न सजीव, सजीव,
भावभंगिका स्वरविहगिका,
रागचर,
नाच्छन् मरमर महल असलमा,
पुष्घुर, सुगन्धपूर,
कनकनुपुर, नुपुर ।
(११)
तर ती सबबाट अलग्ग तिमी
'शान्ता, अतिकान्ता, विरागचन्द्रिका,
दिव्य कुमारी गंभीर रह्यौ ।
अध्यात्मज्यौति झँ लयदार, जो
स्पन्दित जगजीवनमा सु,
जो पागल सुन्दर पुजारी
कविको प्रथम हृदयमा पर्छ ।
(१२)
ए ! जननी ! भन ।कहाँछत्यो
त्वरित विद्यत-तुरग पिगासस् ?
पु सवार बेलेरोफनद्वारा जो
जाम्बनद जंजीरले जकडियो पहिले ?
आज म ताद्दछु त्यसमा जननी ।
आकाश-मार्ग, अञ्रहरूका मालामा ।
(१३)
औं ! एक घुदको, घुदको घटघट,
कनकघटमा तिम्रो करुणाको,
दे जननी ! पिलाञ हेलिकन्को
प्रत्युषा-प्रमेवित मदिरा कलकल,"
यस प्रजातन्त्रको अगिनभू प्रभातमा,
यस नबौदजोधित समय-प्रवातमा,
सुन्दर, सुन्दर, सुन्दर रस-मातमा,
घटघट !
Page:Prometheus.pdf/11
Appearance
This page has not been proofread
