संगीतामत्रित सुन्दरी, मधुर छायामा ।
अनि आशादेवी आइन् खसखसाउन
मधुर स्वरको संदेश प्रमिस श्रवणमा
जब उनी स्वतंत्रताको अन्तध्यनिले अति
उत्पीडित छटपट, छटपट बन्न लागे मनमा ।
(३०)
आशादेवी बोलिन् मधुर, "टाइटन् वीर प्रमिथस !
म जन्मेँ घामछँ-एक सूनोली रष्टिमकी डोरी,
धुलीमय वातावरणमा । बादलहरूका बीच
एक चिराबाट गिरेकी चाँदनीसदश सुन्दरी ।
एक सपना-जस्ती अति मधुर कैदमा कडा,
केदी मनकी !
"जस्तो युग, युग, नेराश्यमा कैद
(३१)
मुत्रे दशामा मैलो आत्मत्यक्त नृपकुमार,
दुश्मनहरूको चट्टानी दुर्गमा अतिदरिद्व,
गडल आँखाले देखाउँदो नील कंडली
वेराश्यको निस्पष्ट, रोई, रोई दिनरात अगाडि
आखिर थाकी, मधुर स्मृतिका तीक्ष्ण शूलले
जर्जर धाँजा कलेजा टुकटुकको आलेटाले
थमुवा जीवन लिन्छ; पसिंदो त्यो लाचारीमा
भाँचिन लागेको उड्सदार खाटमा बागी,
काला कंबलहरूको साथी, अब रुन्न कहिल्यै,
रुनुमा हताश; तर बराबर टोह्लाउँछ टिल्ल नजर
भाव शन्य विचेत बिचल्लीमा स्मृतिहीन;
दूर, दूर प्रासादको क्ल्लिमिल गौरव, विलास
फन्, झन् दर, द्र बनी, अव मिरमिर,
नामसमेत बिर्सन्छ आफ्नी ददित प्रियतमाको,
सुन्दरताकी कोही राजसी स्त्री कोहेन्र,
मधुर कुजमा दूर, दूर; तर अकस्मात् एकरात
विधुरशिम छिरेको वातायन अघि समीरित
शीतल सपना पाउँछ तिनको; अनि उ गन्दछ
आफूलाई स्वतंत्र । पुनर्मिलन अत्यानन्दक
खुल्दछ । पुष्पहारका सुवासदार॒ बक्सी मा
दोहितरफ-हर्षाश्रुले टपटप, टपटप सिंचित !
जीवन बन्दछ अर्कै उसको, नृतन पुनर्जीवन ।
Page:Prometheus.pdf/109
Appearance
This page has not been proofread
