Jump to content

Page:Prometheus.pdf/106

From Nepali Proofreaders
This page has not been proofread

अभित्नव वाणीमा मधुर । आउला अब तिमीलाई
विचित्र एक महास्वप्न, एक बिशाल भावना,
एक अद्भुत भविष्यको चेत, पूर्वदर्शन ।"

(१८)
महाबीरले हेरे नृत्य मधुर । सुने मधुर-
संगीत । वेदना महती बिर्सी आफूकन सारा
विलीन भई सपनारँ खराब एक क्षण ।
बोले तब ती अत्यानन्दित मधुर संगीतले,
"दोस्रो स्वर्ग छ ध्वनिमा ! सुन्दरी बहिनीहरू !
बन्धन विमोचक आटमाको हो मधुर संगीत ।
महासूतसान रंग्दछ । भर्दछ शून्याकाश ।
शृत्यमा पलाउँछन्‌ संसार नवीन, नवीन ।
अविदिततिर देख्दछ चिहाई मानवात्मा
सुन्दर स्बरका सूचनद्वार । खुल्दछ अस्पष्ट ।
भावहरूमा आँखा ल्याउँछ मघुर संगीत ।
उत्तम भाव सहानुभतिमा प्रतिस्पन्दित
बिउँफन्छन्‌ सुषुप्त, मलाई एक सुन्दर
बोलाउँछ विशाल भविष्यतिर रचना निम्ति,
एक विशाल मानवीय रचना निमित्त, संगीत ।"

(१९)
तब जलपरीहरूले आह्वान गरे त्यहाँ
देवीहरूको अनेक ! मधुर वन-प्रसूनले,
हरितपत्रले, जलले पर्वतको निर्मल,
मधुर धूपले दीपले फलफूलहरूले,
मंत्रोच्चारणले आमेत्रित देवीहरू आए ।

(२०)
आइन्‌ देवी स्वतंत्रता, पर्वत-निवासिनी तिनी,
थियो सुन्दर हरित रेशमी तिनको परिधान,
फूलहरूका बुट्टाले मनौहर ! स्वतंत्रतादेबी ।
फुका थिए केश, भालमा ज्वलन्त थियो ओज ।
चोली थियो नीलो उनको, पार्वत रंग ।
मधुर घारामा सवेग बोलिन्‌ ती ज्यो प्रपात ।

(२१)
"वज्जहरूसँग ठक्कर खाई बन्छ मधुर स्वर
प॒थिवीतर्फ विनय उपकारमुख बादलको ।
शिला, शिलाले आहत सलिलपात, पद, पदमा ।
बोल्दछ कुन्‌ रुन्‌ मधुर ! मानवहित .निमित्त
अबतरित स्यौतमा कडा सवेग, अनियंत्रित,