सुकुतीच्छा आधा सफल जाग्छे मानवकी ।
सीमाहरू नाघिन्छन् समयका, अवकाशका
काँध काँध हिँड्दछ आत्मा, प्राचीन वीरहरू
साथ, उच्चाशामा । मानव आफूभन्दा सम्च्च
पाउँछ आफुलाई; पाउँछ देवत्वको आस्वादन ।
(४)
विस्मृत वेदना सपनाजस्ती, वा सावनकी
ब्वादलमालाकँ जलदार विलीन भई नव
कथा-छविमा प्रमिथस महावीरका लोचन
उत्तेजित, नवकान्तियुत, सजोश दुई चम्के ।
(५)
तब ती जलपरीहरू नाचे मुनजुन नुपुर
भाव, भावमा भंगीमय । अनुसारी अवयव
संचालित बनी लच्कै, दिशा दिशामा दोलित,
जसरी प्रबातप्रेरणा पृष्पबनमा गर्दछ काम,
वल्लीहरूका अधविकच मोहनी संचाली ।
(६)
गाए नृत्य-संगत संगीत मधुर तिनले ।
"आली, आली, लचक मधुर, मुदुलांगिनीहरू ।
वल्ली, वल्ली मदुल वयसका, बहल चालमा
चंचल, चंचल ! ए सलिलांगिनि । जलसखि !
कल-कल कल्कलाउ जल-कल्लोल ललित-
कीमुदी तास्य तयहरू सलिल जीवनका ।
कला-कलित ललित भंगिमा नादसंगत
दर्शाक, दर्शाङ दर्शनीय ! मार मार विजयिनी
विस्मार्व महती वेदना मनको विशाल ।
(७)
"कला जन्मिन् मार्न भतीकन असुन्दरको
शासन जगत्मा । बिर्साउने पनि क्र्र यथार्थ
अमधुर प्रकृति तथा जीवनको । गगन
घूलीमय जसरी पखाल्दछ गीष्म्ररी
निर्मल पारी; निर्मल, संगीतको मधुर
ममटले शिखर प्लावी । अनि ल्याउँछ चाँदनी,
अमृत-वमक जलप्न जगत् हरित निर्कुजमा,
त्यसरी रुछ मधुर स्वर नि्ादिनी सुकला ।
(८)
"समयकन खंडी खंड, खंड, बंडी विभाग
स्वरोरच्चारणको, मेली गति, उच्च मध्य मंद्र,
संगीतकला तालस्वरसहिता बर्सिन्छै
Page:Prometheus.pdf/103
Appearance
This page has not been proofread
