Jump to content

Page:Prometheus.pdf/102

From Nepali Proofreaders
This page has not been proofread
नवम सर्ग

(१)
चिरकाल रहे प्रमिथसको पार्श्वमा
सलिलांगिनीहरू, समवेदना प्रकट गरी ।
जलनुनागँ तिनीहरू जलमय लोचनले
बुँद, बुँद शीतल पारी बसे प्रमिथसको दिल ।

(२)
वेदना विस्मारक मधुर कथाहरू तिनले
कोमल स्वरमा सुनाए, सुन्दर, सुन्दर--
प्राचीनवीरहरूका विक्रमका मधुर वर्णन, '
जसले जिलायो अतीत, अति विक्रमको, दूर,
उत्तेजी अन्तर लोचन । कलम, कलमले
वीरगाथाका, सनसनाहट पैदा गर्ने स्नायुमा,
विस्मृत बर्तमान, छाया सदृश, वैलायो,
छायाजीवन दी भूतका श्रोतवर्गमा सब,
सुद्र-प्रेषित नील अतीततामा, मिरमिर,
नाडी धड्के, दुृग चम्के, मुटुमा धडकन आयो ।

(३)
मानव कृति शिखरीय सुन्दरताकी तेजी,
अतिमानब उडानमा, इतिहासकी स्वर्णधली,
चिर भांडारित प्रिय हृदयमा, कल्पनालंकृता,
हाल्छे जोश नसा, नसामा युग, युग सदा ।
चिच्याट, वेदना, मनतातो सामान्य-जीवनदशा
भुल्दै मानब उक्लन्छ समुच्च कर्म्मको
सुन्दर अन्तरिक्षमा दोहप्यावट विक्रमको
रोमांचदार काल्पनिक जीवन अभिनव
जन्माउँछ शन्दशब्दमा सहानुभूतिते
जोशी, म्रोसी स्नायु स्नायु प्रतिक्षण । उठ्दछ
सुषुप्त देबता मनुज-ढृदयको भित्र, भित्र ।