This page has been proofread
(ठ)
(१)
हेलम्बूको पूर्वकुना केलिन्दीको तीरमा ।
'ह्मे ह्मे ह्लामा' गुम्बा बस्छ काहालिन्को भीरमा ।
हज्जार हज्जार ह्लामा पुस्तक अटेसमटेस शिरमा ॥
(२)
संसार सारा देख्छ भन्थे तिनटा रेखा तानी ।
निधारबीचमा आँखा पुर्याई खुम्च्याई दोटा नानी ।
पानी आगो पार्छ भन्थे आगो पार्छ पानी ॥
(३)
भक्त सेर्पा भक्त ह्लामा बत्ती तेल ली जान्थे ।
सानो प्वालमा खस्ने रोटी फलफूल टिपी खान्थे ।
दोटा ह्लामा यौटा 'ह्मे ह्मे' आर्को 'चाङना' भन्थे ॥
(४)
गुम्बा पसेदेखि 'चाङना' चुपचापमा रह्यो ।
न त उल्लाई विरहले फेरि मनमा दह्यो ।
रानी 'लूनी' हेलम्बूकी सम्झी मनले सह्यो ॥
(५)
ह्मे ह्मे ह्लामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी ।
न त उल्लाई विरहले फेरी मनमा दह्यो ।
रानी 'लूनी' हेलम्बूको संशे मनले सह्यो ॥