This page has been proofread
(ट)
(१)
'जिन्जी' मैले सपनामा
चाङना' देखेँ रोएको ।
बुद्ध भगवान्अगाडि,
शान्त सुन्दर ज्योतिको,
बयान पारको स्वस्थको,
पयर जलले धोएको ।
(२)
"उनका आँखा टलपलमा
मोती झलझल गुड्दथे ।
दाना दाना लहरना
तारा जस्तो एक गुच्छा
कमल पाउमा झर्दथे ।
(३)
"बुद्ध भगवान्पछाडि
छाया जस्तो लुक्थेँ म ।
उनको मुहार सुन्दरलाई
भगवान् नजर द्वारले
टाढैबाट देख्थेँ म ॥