'रानी लूनी राम्री
शिरीष कोमल हाम्री'
भनी गुनगुनाउँथे २००१ सालतिरका त्रिचन्द्र कलेजका विद्यार्थीहरू ।
महाकवि (अझ नभैसकेका) लक्ष्मीप्रसाद देवकोटा भाषानुबाद परिषद्मा जागीरे हनुहुन्थ्यो त्यसताका । दिउँसो उहाँ कलेजको ठूलो मसलाको बोटमनि बस्नुभएको हुन्थ्यो, वरिपरि हन्थे– कलेजका रसिक छात्रहरू । "आज के लेख्नुभयो कविजी ?" भन्थे विद्यार्थीहरू, अलि नाके स्वर झिकेर उहाँ गाउनुहुन्थ्यो–
आज क्यान लूनी रानी
आज क्यान लूनी
आधा वचन सुन्न छाड्यौ
आधा बचन सुनी... '
अनि भोलिपल्टदेखि विद्यार्थीहरू पनि गुनगुनाउन थाल्थे- 'आज क्यान लूनी ...'
लूनीको मोहनी अलि छकै रहेछ क्यारे, महाकविका अरू काव्यहरूभन्दा बढी यही गाइन्थ्यो त्यसताका बिद्यार्थीहरूबीच । यही बढी प्रिय थियो त्यस बेला महाकविको पनि ।
त्यति भएर पनि किन हो लूनी गुप्तबास बसिन् । कारण थाह छैन तर शायद सेर्पा “साम्बा सोङ्गो' को तस्वीरमा त्यस बेलाको ३ को छाया परेको देखियो कि ? जे होस् । कुज्जिनी आइन्, अनि शकुन्तला, सुलोचना