Jump to content

Page:Laxmi nibandhasangraha.pdf/95

From Nepali Proofreaders
This page has been proofread

जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम जीवन छ, उत्तम जीवनमा कला छ र सिर्जना नै सभ्यताको ताजा मुहार हो।