Jump to content

Page:Laxmi nibandhasangraha.pdf/53

From Nepali Proofreaders
This page has been proofread

कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ। यो धूलोलाई शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ र त्यसंका झिल्कामिल्का कहीं लण्डन हुन्छन्, कहीं कान्तिपुरी ! जहाँतहीं यो झल्किएकै छ ईटदेखि लिएर ताजमहलसम्म । म अरू सबै जादूगरभन्दा आफैलाई सबभन्दा विचित्रको ठान्दछु ।