भूतहरू, भूतविद्याहरूद्वारा मनुष्यको जवाफदेही अनन्त छ भन्ने कुराको उल्लेख भइसक्यो । अमरत्व देखेपछि भौतिक या शारीरिक अस्तित्वभित्र आध्यात्मिक व्यक्तता रहेछ भन्ने स्पष्टै छ, देखादेखी छ । तब आत्माका अस्तित्वको विषयमा झगडा धेरै हुँदैन । जडले मलाई लेखाउँदैन, चित्को क्रियाले लेखाउँछ, चित्को आश्रम जो म छु, त्यसमा मूर्तिमत्ता र परलोकभागिता स्पष्टै छँदैछ ।
यो अमर आत्मा न पोलिन्छ न भिज्दछ । स्वर्ग चाहन्छ, नरकदेखि डराउँछ । परमेश्वरका मुहानबाट शक्ति पाएर काम गर्छ । अलग व्यक्तित्व राख्दछ, सत्यमा शान्ति पाउँछ, असत्यमा परमेश्वर र शान्तिबाट टाढा पुर्दछ। पापले उसलाई अन्तर्ज्वलन दिन्छ । उसका निमित्त पाप भनेको अन्तःकरणमा सुनिने भित्री ईश्वरका आवाजको विरोध र सत्यको अवहेलन हो । यो जीवात्मा परमेश्वरको हुकुमले यहाँ आउँछ, केही समय सजीव कियामा रहन्छ र ईश्वरेच्छाले संसार त्याग गरेर आफ्नो स्थान लिन जान्छ । उसको जवाफदेही अनन्त छ, उसका भाव र विचारहरू सब उत्तरदायित्व भावी फल धारण गर्दछन् र ऊ ईश्वर नसम्की संसार त्याग गर्न सक्तैन ।
यो आत्मा निर्मल भावले दिव्याभिप्रायको पूर्ण पोषण गरेपछि स्वर्ग जान्छ, नत्र पापहरूको मैला भारी बोकेर नरक जान्छ । व्यक्ति भएपछि स्थान हुनुपर्छ भन्ने स्वयं-सिद्ध तत्त्वद्वारा नरक पनि सिद्ध छ । अरू पाँचौं कुरा धर्म हो । धर्म भनेको धारण गर्नुलाई भनिन्छ । जसले मानवजातिको कल्याण र विश्वको सत्यमा धारण गर्दछ त्यसलाई धर्म भनिन्छ ।
धर्म कोही जातिलाई बताएथे । कुनैलाई वैकासिक कमहरूद्वारा ऋषि, साधु, सन्तहरूबाट मिल्छ । तर प्राथमिक अवस्थामा धर्मको मूल प्राप्तिमा ईश्वरवाणी नभई धर्म निक्लदैन । कुनै सच्चा आत्मालाई दिव्यको जादूले छुन्छ, ऊ मुखरित हुन्छ– जातिको अनन्त कल्याण, सुख र स्वर्गको लागि । ईश्वरवाणी ह्वैन भन्ने वैज्ञानिक शङ्काधारीहरू भूल गर्दछन्, किनकि असत्य दुनियाँका हृदयमा थोरै समय राज गर्न सकोस् तापनि नित्य शासन गर्न सक्तैन र सत्यका ती चमत्कारी ध्वनिहरूमा वाणी सजिलैसँग चिनिन्छ। त्यहाँ ईश्वरीय चमत्कार छ । म सानो झुत्रेमुत्रे कविता सामयिक हृदयस्पर्शितासाथ निकाल्न कृति कठिनता र