Jump to content

Page:Laxmi nibandhasangraha.pdf/27

From Nepali Proofreaders
This page has been proofread

बहस गर्नु उनीहरू बुभ्दैनन्‌ ।

टेबिल-मेचको भक्तले भन्दछ, 'हामी पनि त के अप्राकृतिक छौं ? कति सजिलोसँग उच्च आसनमा बसेर, रवाफिलो तवरले लेखपढ गर्दछौं, मानौं सिंहासन छ। सुकुल-लेखकका मगजबाट के फूर्ति र रवाफ निक्लन सक्ला ?'

यस्ता मान्छेहरू ती हुन्‌ जो 'संस्कृत' भन्दा नाक चेप्राउँछन्‌ । श्रीकृष्णलाई कथाका गुण्डा राजा भन्दछन्‌ र प्राचीन आर्यसभ्यतामा नफरत देखाउँछन्‌; जो घाँटीमा क्रस कसेर हिन्दू हुँ भन्दछन्‌, थचक्क बस्न सक्तैनन्‌ र टाउको तलतिर फर्केको पुतली आफूलाई अप्राकृतिक सम्झँदैन । ओखल बाँधिदिए पनि गधालाई घाँस खान सजिलै लाग्छ र भारतको आँगनमा भूत चढ्न पाए सबै श्रेष्ठ हुन्छन्‌ ।

महात्माहरू पलेंटी मारेर दुनियाँ बुभ्दछन्‌ तर माष्टरहरू मेचमा डटेर दुनियाँलाई बुझाइरहेछन्‌ । के नक्कल, उल्था, उतार र आधुनिक अज्ञान ?