Jump to content

Page:Laxmi nibandhasangraha.pdf/199

From Nepali Proofreaders
This page has not been proofread

बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं दुई सय पुगेछ, तब थोत्रा मोहरहरुको सम्भावना परीक्षा गरेर पञ्चानब्बे– पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौं ।

एक जना महाशय जुवा खेल्छन्, तर रोज रुपियाँका निमित्त । एक रुपियाँ हात लाग्यो कि उनी उठे । 'सन्तोषं परम् सुखम् ।' काम नगरिकन रोज रुपियाँ कमाउनु पनि ठुलो अक्कल हो । एक रुपियाँ रोजको कमाएपछि म्याट्रिक, आइ. ए. जागिर खाए जत्तिकै भैहाल्यो नि ! लहडको राज्यमा डिठ्ठाङ्गी पाउनु पनि त एक रोजका निमित्त ठुलो सौख हो । दिन–दिनै सरकारिया अड्डाले काम गरेर रुपियाँ दिन्छ । कार्तिकको याममा दिनभरि कठाङ्ग्रिंदो हातले खेलेर पाँच बजे त रित्तो हात बटार्दै घर फर्किहाल्नु पर्छ । तर यहाँ खतराको कुमारीचोक बुझाइ सकियो । एउटा सङ्लो खँदिलो चहकदार लालमोहर लागेको (वा सेतो मोहर लागेको भनूँ) टिन्न बज्ने यथार्थता जस्तो ग्राह्य ओजनदार चक्की हासिल ता भयो । धेरै माग्नेलाई खतराले गाला ठोक्छ । मानिसहरु जुवा हार्छन्, साङ्गो घाँटीमा ज्यादा मकै पक्रिने बन्दरमुठ्ठे जस्ता बनेर थोरै लिई नगुमाउनु टापनटिपनको चतुरता नै ज्यादै काम लाग्छ । अब एक पेट मिठाई खाए पनि भयो, जीवनसङ्ग्रामको सम्झनाले गुलियो तितो भएन । अथवा कन्तुरमा लगेर खसालिदेऊ । जसमा सितैं आएका पैसाहरु भविष्यलाई बटुलिन्छन् अथवा दुई छाक खरिद गर । अब गुमाउनुमा समझदारको विवेक होइन । बस, उनी उठे, पुग्यो । उनको सिद्धान्त यही थियो । हुन पनि कति राम्रो र कति सजिलो, एक रुपियाँसम्म नआनउने कुनै जुवाको दिन हुँदैन । पाँच रुपियाँ तिहार, एक रुपियाँ कोजाग्रत, एक चैते दशैं, एक–दुई रुपियाँ भोटो देखाउने जुवा, अरु पर्व– पर्वमा जस्तो ट्युनिसिया विजयमा इत्यादि मेहनतविना थोरै आउनुमा पनि मोहनी छ । लक्ष्मीले विशेष निगाहा गरे जस्तो लाग्छ । अरु रुपियाँ हाकिमको हप्काइ, कामको डटाइ, बिरामीसँगको विरोध र दैनिक दुःखहरुसँग गाँसिएर महिनाको एकबाजि उब्जन्छन् । तर राम्रो मोल जान्नेले यो एक प्रसन्नवदन सहजप्राप्य आफूखुशी उडेर आएको सेतो मौरीलाई निरादारको दृष्टिले हेर्दैन ।

जुवा जहर पनि होइन, अमृत पनि होइन, यो लहड हो । जुवा खेल्नु खेलको निमित्त, मोज दिनु मजाका निमित्त । सभ्य संसार पनि