Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/87

From Nepali Proofreaders
This page has been proofread

शिक्षक- (चस्मा पुछ्दै) यो चस्मा बहुतै सफा छ
भिक्षक- (आश्चर्यसित) कसरी आयो त अन्धोपन ?
शिक्षक- (कड्केर) अन्धो छू म कहाँ ?
भिक्षक- (दृढतासित) यहीँ
शिक्षक- (परपर हेर्दै) नजरले छर्लङ्ग देख्छू सब
भिक्षुक- (हँस्सीसित) तेस्रो नेत्र उसो भए त शिवको चाहिन्न पक्का अब

(१)
त्यो को ? भिक्षुक हूँ यहाँ किन पसिस्‌ ? भिक्षा कहाँ गै गरूँ  ?
त्यो मिल्दैन मबाट, मिल्छ अरु के ? शिक्षा लिई जा बरु ।
त्यो आफैँ लिनुहोस्‌ मबाट, तँ पनी शिक्षा मलाई दिने ?
यस्तै गर्व थियो र पूर्वजुनिमा ऐले भिखारी बनेँ ॥

(२ )
त्यो फोस्रो गफ हो, कठै !! हजुरको चस्मा धमिलो किन ?
यो चस्मा बहुतै सफा छ, कसरी आयो त अन्धोपन ?
अन्धो छू म कहाँ ? यहीँ, नजरले छर्लङ्ग देख्छू सब
तेस्रो नेत्र उसो भए त शिवको चाहिन्न पक्का अब ॥