Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/45

From Nepali Proofreaders
This page has been validated

(३)
आँसूको दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो
सुक्खा जर्जर अस्थिपञ्जर-विना शय्या बनाउन्न त्यो ।
मैलो भस्म-सिवाय अङ्गभरमा केही लगाउन्न त्यो
हाहाकार सरी मिठो अरु कुनै सङ्गीत गाउन्न त्यो ॥

(४)
जो जो मिल्छ सुलुक्क निल्छ, मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ।
जत्ती निल्छ उती उकेल्दछ पनी, केही पचाउन्न त्यो
यै चालासित कल्प-कल्प कहिल्यै खाई अघाउन्न त्यो ॥