This page has not been proofread
(१२)
जबर्जस्ती पस्यो मानू लाखौँ दुर्जय पल्टन ।
उल्टायो शान्तिको किल्ला मैले पाइनँ पल्टन ॥
(१३)
ममाथि हमला गर्ने सुरले दुष्ट दुश्मन ।
टाँटी टाँटी गरी थाले मानू बिगुल फूकन ॥
(१४)
त्यो टीँ टीँ शब्दका साथै मार्च भारी भयङ्कर ।
चलि-हाल्यो मुटू मेरो थाल्यो काँपन थर्थर ॥
(१५)
मार्चको शब्दले हो वा भानले हो विमानको ।
निद्रादेवी उडी-हालिन् पर्दा खोलेर कानको ॥
(१६)
लुट मानू चली-हाल्यो, न गुहा न गुहार भो ।
सातो-पुत्लो कठै ! मेरो तिनैको उपहार भो ॥
(१७)
आत्तियो चित्त चौपट्ट छट्टपट्ट बिछट्ट भो ।
कालो निस्पट्ट त्यो रात्रि दुःखको घोर घट्ट भो ॥
(१८)
देख्दादेख्दै निमेषैमा खैलाबैला ठुलो चल्यो ।
मानू दुर्भाग्यको वृक्ष लटर्याम्म भई फल्यो ॥