Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/264

From Nepali Proofreaders
This page has not been proofread

(१६)
परत्रको वास्तव वस्तुतत्त्व
वरत्रको जीवनको महत्त्व ।
बुझी दुवैको सुख-तारतम्य
यै जाति गर्थ्यो उपदेश रम्य ॥

(१७)
आस्तिक्यको दीपक दिव्य बाली
कालो कडा नास्तिकता पखाली ।
जस्ले जगाई प्रतिभा उज्यालो
विश्वात्मा विश्वेश्वरमा बसाल्यो ॥

(१८)
खगोल भूगोल सबै निहारी
रहस्य उस्का गतिको विचारी ।
समस्त सृष्टिक्रम-तारतम्य
यै जातिले स्पष्ट गर्यो सुरम्य ॥

(१९)
देवेन्द्रदेखि कृमि कीटसम्म
देखी महाचेतन-ज्योति टम्म ।
'आत्मैव सर्वम्‌' जुन जाति भन्थ्यो
आनन्दमा गद्‌‌गद भै रहन्थ्यो ॥