This page has not been proofread
आश्चर्यचकित चातक
(१)
त्यै यो जीर्ण विहङ्ग पूर्ण तपसी, त्यै स्निग्ध निःश्वास छ
त्यै कौतूहल-पूर्ण चञ्चु पुटमा उल्लास वा प्यास छ ।
त्यै श्रद्धामय दृष्टिमा चटुलता,त्यै भावना पावनी
पत्ता छैन परन्तु हाय ! नभमा त्यो कृष्ण-कादम्बिनी ॥
(२)
तारा मात्र लिएर झल्ल कहिले झल्कन्छ नीहारिका
कैले केवल चाँदनी चहकिलो चेतश्चमत्कारिका ।
कैले सूर्य-मरीचिको प्रखरता, कैले तमो-विभ्रम
साह्रै अद्भुत वा विचित्र विधिको यो सृष्टिलीला-भ्रम ॥