This page has not been proofread
(१५)
गइथ्यौ जुन गोलिले तिमी
उहि फर्की दिलमा घुस्यो घुमी ।
गर देवि ! दयावती ? दया
दिल मेरो छ सबै छिया-छिया ॥
(१६)
तिमिलाई म खास मारने
तिमि ढोका दिलको उघारने ।
मुटुमा बजदो छ बेसुरा
कुन यो राग अहो !! पुरा-पुरा ॥
(१७)
पहिले जुन गोलि बन्दुक
लिइ फिर्थेँ म बनी समुत्सुक ।
अब त्यो सब हा ! हलाहल
विष सम्झी दिल रुन्छ आकुल ॥
(१८)
पदमा म झुकेँ नकच्चरो-
अपराधी, दिलमा हुँदा खरो ।
करुणा गर क्यै नल्यौ चुरो
भन देवी ! (मनरो ! न रो, नरो)॥[1]
- ↑ यो कविता पैले ६४ सालमा अनुवादित जयन्ती नामक ऐतिहासिक उपन्यासमा लेखिएको छ । -लेखक