This page has not been proofread
आश्चर्य
(१)
त्यो देहेन्द्रियको महाशिथिलता, त्यो शक्तिको शून्यता
त्यो सारा उपचारको विफलता, त्यो बन्धुको व्यग्रता ।
त्यो नैराश्य-पयोदको मलिनता, त्यो कान्तिको क्षीणता,
त्यो दुःखी परिवारको विकलता, त्यो वैद्यको शीघ्रता ॥
(२ )
त्यो गङ्गा-तटको बडो विकटता, त्यो दीर्घनिःश्वासता
त्यो लम्बा पथको प्रयाण-कटुता, त्यो दृष्टि-दुर्वर्णता ।
त्यो व्यामोह-विमुग्धता हृदयको त्यो दीप-निर्वाणता
प्रत्यक्षै छ तथापि तुच्छ मनमा यत्रो अहंमन्यता !!!