खेल्दा अरू अरू लड्काहरूले पनि यै श्लोक भने । २/४ दिन्पछि गजाधर्सोती घर आई पुग्दा साथ् लड्काअ (ह) रूले यो श्लोक भनेको सुनी मनमा बडो खेद् गरे; आफ्नी पत्नीलाई खुप् हप्काये । यस् श्लोकले गर्दा भानुभक्तले गजाधर् ब्राह्मणको बेइज्जती गरे भनी कसैले दोष् नलाउन्, भानुभम्तले ब्राह्मण्को अखानो गरेको ह्वैन, अतिथिको सत्कार नगर्नेलाई यस्तै दण्ड मिल्दछ भत्ती दृष्टान्त देखाएको हो । तस् अर्थ अतिथिको सत्कार गर्नू; सत्कार नगरेदेखि पाप् लाग्दछ भनी शास्त्रकारहरूले पनि भनेको छ ।
कवि भानुभक्तका सम्वत् विक्रमी १८९८ देखि १९०५ सम्म बनेका फुट्कर कविताको पत्ता छैन । सम्वत् १९०६ विक्रमीयमा जग्गाबाबत्को झगरा भानभक्तलाई आई पर्दा नेपाल् नआई नहुन जाँदा झगराको कागत्पत्र ली आउँदा नेपाल् आई पुग्नै दिन काठमाणौंदेखि एक् कोस् उत्तर्तरफको बालाजी नाम गरेका जग्गामा आई क्यै बेर थकाई मार्दा कति भानुभक्तले ई दुइ श्लोक अत्त्यन्त रमणीय जग्गा रहेछ भनी बनाये । प्राय: भानुभक्तका भुङ्गारका कविता धेरै कम्ती देखेको होला तर यस्ले भानुभक्तलाई जस्तो करुणा रस्मा लेख्ने ताकत् थियो तस्तै शृङ्गार रस्मा पनि लेख्न सक्तथे, शृंगारको नमूना हेर्नुहोस्–
ञाहाँ बतेर कविता यदि गर्न पाऊँ ।
यस्देखि सोख अरु थोक म के चिताऊँ ॥
यस्माथि झन् असल सुन्दरि एक् नचाऊँ ।
खैचेर इन्द्रकन स्वर्ग ञहीं बनाऊँ ॥१॥
यति दिन पछि मैले आज बालाजि देख्याँ ।
पृथिवितल भरीमा स्वर्ग जो जानि लेख्याँ ॥
वरिपरि लहराका झूलि बस्न्या चरा छन् ।
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन् ॥२॥