आँटी ती गजाधरका घरमा गै 'बास् पाउँछु कि ?' भनी भने । तेस् दिन् गजाधर सोती काम विशेषले आफ्नू ज्येठो छोरो ली एक् दुई दिन्को बाटो परदेश् गयेका रहेछन् र गजाधर्की बुहारीले भानुभक्तलाई 'पिंढीमा बस्नुहोस्' भनी भन्दा भानुभक्त कविजी तहीं बसे । फेरि गजाधर सोतीकी ब्राह्मणी आयेर 'ह्याँ न बस' भनी पिंढीमा बस्न दिइनछन् । फेरि बुहारी अलिक दयावती हनाले ढिकी राखेको छाप्रो देखाई 'ह्यैं बस्नुहोस्' भनी गइन । भला पर्देशमा यो छाप्रो पनि हत्तपत्त कहाँ पाइन्छ भनी सन्तोष गरी तेसै ढिकी राखेका छाप्रामा बास् बसे तर साँझ हुने हुने बेलामा फेरि गजाधर्की पत्नी तेस् ढिकी राखेका छाप्रामा गै 'हुँदैन ह्याँ बस्न; भोलि बिहानै हाम्रा धान् कुट्ना पर्ने छन्' भनी बिचारा पर्देशी भानुभक्तलाई तेस् छाप्राबाट पनि निकालिन् । वरपर तहाँ आर्काको झोपडी नदेख्ता निराश् भै एक् रूख्मनि गै रात्भर् तहीं शीत्मा डल्लिये । भोलिपल्ट बिहानै उठी बाटा लाग्ने बेलामा एक् ६/७ वर्षको लडिको देखेर 'को हौ नानी तिमी, कस्का छोरा ह्वौ ?' भनी सोद्धा 'गजाधरको कांछो छोरो हुं' भनी तेस् लड्काले भन्यो र 'उसो भये एक्कै छिन् पख है त' भनी यो श्लोक बनाये:–
गजाधर्सोतीका घर बुढि अलच्छिन्कि रहिछन् ।
नरक् जानालाई सबसित बिदाबादि भइछन् ॥
पुग्यौं साँझ्मा तिन्का घर पिढिमहाँ बास गरियो ।
निकालिन् साँझमा अलिक पर गुलजार[1] गरियो ॥
फेरि यो श्लोक लेखेको कागत् लड्काका तनामा बाँधिदिये । 'बाबालाई घर आयेपछि दिए है' भनी फेरि श्लोक् तेस् लडकालाई काठ गराई भानभक्तजी आफ्ना बारा लागे । गजाधर्का छोराले बालक्खै हुंदा श्लोक्को अर्थ नजानी यो श्लोक् भनी भनी अरू लड्काहरूसित
- ↑ 'गुज्रान'भन्ने पनि पाठान्तर सुनिन्छ् ।