अब कवि भानुभक्ताचार्यको जीवनचरित्र सुन्नुहोस् । कविको पवित्र जीवन वृत्तान्त साधारण कुरो ह्वैन । अघि मैले बयान् गरेका तनहूं देशका वासी एक् श्रीकृष्ण नाम गर्याका आचार्य थर् भयाका उपाध्याय ब्राह्मण थिये । पहाडका जग्गामा रही विद्यावान् हुनाले भक्तको चित्त धर्मार्थमा लगाई आफू पनि ब्रह्मकार्यमा तत्पर रही ई श्रीकृष्ण आचार्यजी सुखपूर्वक प्रशस्त खेतीपाती चलाई उत्तम अन्नले जीवनाधार गरी रहे र इन्को सत्गुण प्रकृति हनाले तनहूं देशभरिमा नामवर भये । संस्कृत विद्यामा पनि असल् हुन् किनभने भानुभक्तलाई इनैले तालीम गरेका हन् । एक् पल्ट एक् मानिस्ले भानुभक्तलाई 'चिह्न सकिन, तपाञी को ? भन्दा भानुभक्तजीले भने– 'मलाई चिह्नेर के गर्छौ ? भन्दामा पनि त्यो मानिस्ले दोहर्याई सोद्धा भानुभक्तले झट कविता गरी यो जवाब् दियेका पनि छन्–
पाहाड्को अति वेस देश् तनहुंमा श्रीकृष्ण ब्राह्मण् थिया ।
खुप् उच्चा कुल आर्यवंशि हुनगै सत्कर्ममा मन्दिया ॥
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।
इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिह्नी लिया ॥
यस्ले श्रीकृष्ण आचार्यजी असल् पण्डित रहेछन् भनी जानिन्छ । ई श्रीकृष्ण आचार्यजीका ६ पुत्र भये– ज्येठा धनञ्जय, माहिला काशीनाथ, साँहिला, पद्मनाभ, काँहिला तुलसी, ठाहिला गङ्गादत्त र कान्छा इन्द्रविलास हुन् । छवटै छोरा श्रीकृष्ण आचार्यजीका बुद्धिमान र पठित थिये । श्रीकृष्ण आचार्यजीका ज्येठा छोरा धनञ्जय आचार्यले बालख् कालमा विद्याको उपार्जन गरी पछि समर्थवान हुंदा, खर्दारी जागीर पाई सर्कारी कामकाजमा लागे । क्यै बर्षपछि ई धनञ्जय आचार्यजीका एक अपूर्व रत्नजस्ता छोरा जन्मे । छोरा भयेदेखि यस्तै हुन्– इन्का नाम भानभक्त हो । इन्को जन्मवर्ष विक्रमीय सम्वत्