प्रायःजसो समर्थबान् आस्तिक सस्कारसम्पन्न नेपालीहरू " काश्यांमरणान् मुत्ति:" यस नीतिवाक्यलाई ठूलो मान्यता दिनै परम्पराअनुसार थीकृष्ण आचार्य आफ्नो अन्तिम उत्तरार्ध काललाई काशी कल्पवासमा व्यतीत गरी काशीमा नै देह्याग गर्ने उद्देश्यले काशीमा कल्पबास बस्त जाँदा आफ्ना प्यारा टाति भानुभक्तले काशीका विद्वान्हरूबाट उच्च शिक्षा हासिल गर्ने अवसर पावस् भन्ने विचारले पितामह श्रीकृष्ण आचार्यले नाति भानुलाई पनि साथैमा लानुभएबाट पितामहका साथ करिब दुई वर्षसम्म काशीमा रहँदा कवि भानुभक्त आचार्यले काशीका निद्वान्हरूबाट पनि विशेष रूपमा शिक्षा हासिल गर्ने सौभाग्य पनि प्राप्त गर्नुभएको हो ।
काशीका कल्पवासीहरू जो कोहीले पनि जीवनको अन्तिम घडीमा "राम नाम' रूप तारक मन्त्र भगवान् विश्वनाथबाट प्राप्त गरी मोक्ष हुन पाउने शास्त्रको गम्भीर आशयलाई काशीवासीहरूले ठूलो आदर एवं भडाका साथ मान्यता दिनै गरेको त्यौ अत्यन्त रहस्यमय कुराले कवि भानुका हृदयमा मर्यादापुरुष श्रीरामप्रति अगाध श्रद्धा उत्पन्न हुन गएको थियो ।
परिणामस्वरूप आफ्ना पितामहको देहावसानअनन्तर आफ्नो घर चुँदीरम्घामा आएपछि साहित्यिक संस्कार एवं सामाजिक भावनाले परिपूर्ण कविजीले प्रसाए्वश घट्न आएका विभिन्न घटनाहरूसँग सम्बन्धित फटकर कविताहरू पनि वैलामौकामा रचना गर्दै गरी व्यावहारिक तथा पारमार्थिक दुवै पक्षमा अत्यन्त उपयोगी भएको मर्थादापुरुखोलम दशरथनन्दन शरीरामचन्दर तथा सतीशिरोमणि जनकतनया सीताजीजस्ता अन्यन्त अनुकरणीय व्यक्तित्वहरूको जीवनचरित्र उल्लिखित संस्कृतमा रहेको अध्यात्मरामायणको सरल भाषामा भाषानुबाद गर्ने अदम्य साहस फिकी समस्त नेपाली नरनारीहरूलाई आदर्शमहापुरुष भ्रीरामचन्ड तथा सतीशिरोमणी सीताजीजस्तै मर्यादित एवं सच्चरित्रका धनी तुल्याई नेपाल अधिराज्यलाई रामराज्यसरह बनाउने तीबर उद्देश्य राखेर सात काण्डमा विभक्त अध्यात्मरामायणको राष्ट्रभाषा नैपालीमा 'भाषानुवाद गर्नुभएको कुरालाई कसैले पनि नकार्न मिल्दैन ।