अम्मृत्सरी अघि भई पछि वीष बन्न्या,
कुन् हो ? स्त्रि हुन् किन अरू चिजलाइ भन्न्या ।
कुन् शत्रु हुन् अघि त मित्र सरी रह्याका ?
पुत्रादि हुन् सकल सज्जनले कह्याका ॥४२॥
कुन् चीज् छ चञ्चल यहाँ क्षण एक् घरीको ?
आयुष्य यौवन बुझ्या बिजुली सरीको ।
कुन् दान् ठहर्छ अति मुख्य यहाँ गर्याको ?
जुन् दान् छ पात्रहरुका मुखमा पर्याको ॥४३॥
प्राण् जान खोज्दछ भन्या पनि कन् नगर्नू ?
संसार् अनित्य बुझि पाप् कहिल्यै नगर्नू ।
कुन् हो अघी सरिसरीकन गर्नु पर्न्या ?
पूजा सदाशिबजिको सब पाप हर्न्या ॥४४॥
कुन् कर्म मुख्य भनि सद्गुरुले कहन्छन् ?
जुन् कर्मले त परमेश्वर खुश् रहन्छन् ।
कुन् स्थानमा बसुँ भनीकन दील् नदीनू ?
संसारमा भनि अवश्य चिह्नेर लीनू ॥४५॥
रात् दिन् निरन्तर कतातिर चित्त धर्नु ?
संसार् अनित्त्य बुझि तत्त्व-विचार गर्नू ।
तत्त्वै-विचार् छ सबको सब पाप हर्न्या,
ज्ञान् जान्नलाइ सबले यहि चित्त धर्न्या ॥४६॥
प्रश्नोत्तरै छ बढिया गुरुले भन्याको,
सत्कर्म जान्नकन अर्तिसरी बन्याको ।
यस्को निरन्तर बिचार् जतिले त गर्छन्,
संसार्-समुद्र सहजै त तिनै त तर्छन् ॥४७॥
प्रश्नोत्तरै हो मणिरत्नमाला,
यस्लाइ पैह्रेर जहाँ त जाला ।
तेस्का यसैले सब पाप टार्ला,
फेर् अन्त्यमा मुक्त गराइ छाड्ला ॥४८॥
॥इति॥
Page:Bhanubhaktako ramayan.pdf/248
Appearance
This page has not been proofread
