कस्लाइ खुब् तीर्थ भनेर मान्नू ?
जुन् शुद्ध मन् हो उहि तीर्थ जान्नू ।
विद्वान् कउन् चिज्कन तुच्छ मान्छन् ?
कान्ता र सुन् त्याज्य भनेर ठान्छन् ॥१४॥
कुन् सुन्न बेस् हुन्छ भनेर मान्नू ?
वेदान्तका बात् गुरुदेखि सुन्नू ।
कन् ब्रह्म जान्नाकन हेतु मान्नू ?
सत्सङ्ग वेदान्त बिचार जान्नू ॥१५॥
कुन् सन्त हुन् ? लोक्कन तुच्छ मान्न्या,
सब् छोडि साँचो शिवतत्त्व जान्न्या ।
ज्वर् कुन् छ ? चिन्ता ज्वर-तुल्य मन्न्या,
कुन् मूर्ख हो ? कत्ति विवेक् नगर्न्या ॥१६॥
कुन् काम हो मन् दिइ गर्नु पर्न्या ?
श्री विष्णुको भक्ति छ दु:ख हर्न्या ।
कुन् आद्मि हो यस् नरमा जियाको ?
दिर्दोषि भै मन् हरिमा दियाको ॥१७॥
विद्या र बोध् कुन् चिजलाइ भन्छन ?
जुन् पाउँदा मुख्य भयी रहन्छन् ।
कुन् मुख्य लाभ् हो ? भन आज तेही ।
आत्मासरीको अरु छैन कोही ॥१८॥
सारा जगत् जित्छ अवश्य कस्ले ?
अभ्यास् गरी मन्कन जित्छ जस्ले ।
कस्ता बली वीर् कन वीर् कहन्छन् ?
कन्दर्प जस्का वशमा रहन्छन् ॥१९॥
कुन् हुन् बडा धीर् सब धर्म जान्न्या ?
स्त्रीका कटाक्षैकन तुच्छ मान्न्या ।
कुन् हुन् ठुला विष ? विषयै कहिन्छन्
ती कालकुटादि बरू सहिदिन्छन् ॥२०॥
Page:Bhanubhaktako ramayan.pdf/244
Appearance
This page has not been proofread
