खूसी खुप् रघुनाथ् पनी हुनु भयो सम्पूर्ण खूसी भया ।
बीदा भै कन मातली पनि तहाँ फेर् इन्द्र थ्यैं गै गया ॥
लक्ष्मण्लाइ हुकुम् दिया प्रभुजिले पैल्हे दियाँ ता पनी ।
गादीमा लगि फेर् विभीषण उपर् ऐल्हे तिमीले पनी ॥२८२॥
देऊ लौ अभिषेक् भनी प्रभुजिको हूकुम् भयेथ्यो जसै ।
लक्ष्मण्ले पनि गादि माथि लगि फेर् दीया अभीषेक् तसै ॥
गादि माथि बसाइ साथ लिइ फेर् राम्चन्द्रजी थ्यैं गया ।
लक्ष्मण्ले रघुनाथका हजुरमा सब् बिन्ति गर्दा भया ॥२८३॥
तेस् बिच्मा रघुनाथ् प्रसन्न हुनु भो पूग्यो प्रतिज्ञा भनी ।
सुग्रिव्लाइ पनी सह्राउनु भयो तिम्रो कृपा हो भनी ॥
ऐल्हे हे हनुमन् विभीषणजिका मत्ले सिता थ्यैं गई ।
सब् सम्चार बताउ जाउ अहिले सूनुन् बहुत् खुस् भई ॥२८४॥
जो भन्छिन् ति कुरा बताउन यहाँ फेर् जल्दि आऊ भनी ।
हूकुम् हून गयो विभीषणजिका मत्ले हनूमान् पनी ॥
सीता थ्यैं हनुमान् पुग्या रुख मनी सीता बस्याकी थिइन् ।
पाऊमा हनुमान् पर्या जननिले चुप् भै नजर् खुप् दिइन् ॥२८५॥
चीह्निन् ई हनुमान हुन् भनि र खुप् खूसी भईथिन् जसै ।
विस्तार् बिन्ति गर्या सबै जननि थ्यैं श्रीरामजीको तसै ॥
झन् खूसी जननी भइन् खुसि हुँदै क्यै बोल्न लागिन् तहाँ ।
क्या दीन्या तिमिलाइ चीज हनुमन् खूसी गरायौ यहाँ ॥२८६॥
तिम्रो यै प्रिय वाक्य तुल्य त अनेक् रत्नादिका हार् पनी ।
लाग्दैनन् अरु चीज देखि ती ठुलो यो चिज् दिन्या हो भनी ॥
झट् बिन्ती हनुमानले पनि गर्या श्रीराम् जगत्का पती ।
खूसी खुप् हुनुहुन्छ ता खुसि म छू चाहिन्न दौलत् रती ॥२८७॥
Page:Bhanubhaktako ramayan.pdf/175
Appearance
This page has not been proofread
