सागर्शोषण गर्नलाइ धनु ली बाम् खैंचनू भो जसै ।
कामिन् भूमि पनी भयङ्कर स्वरुप् राम्लाइ देख्ती तसै ॥
चार् कोस् तक् त समुद्रको जल पुग्यो दस् दिक् अँध्यारा भया ।
जो जन्तू जलमा थिया ति पनि ता सब् खल्बलाई गया ॥७२॥
यस्तो देखि डराइ सागर तहाँ सुन्दर् स्वरुप् एक् धरी ।
भेटी खातिरलाइ रत्नहरु बेस् लीयेर झट्पट् गरी ॥
श्रीराम्चन्द्रजिका गया शरणमा भेटी अगाडी धरी ।
पाऊमा परि दण्डवत् पनि गर्या सब् सेखि सान् दुर् गरी ॥७३॥
हात् जोरी स्तुति बिन्ति धिर् गरि गर्या हे नाथ् म हूँ जड् यसै ।
सीतानाथ् प्रभुलाइ जानु कसरी क्यै चेत् न पाई उसै ॥
चेत् ऐले प्रभुले दिंदा हजुरमा आई शरण्मा पर्याँ ।
रस्ता दिन्छु दया रहोस् म छु अनाथ् हात् जोरि बिन्ती गर्याँ ॥७४॥
सागर्का इ वचन् सुनी हुकुम भो साँचो भन्यौ ता पनी ।
बाण्को थान् त खटाउना कन पर्यो यस्लाइ लौ हान् भनी ॥
मेरो बाण् त अवश्य काम न गरी फिर्दैन ऐल्हे यसै ।
ज्यान् राख्छौ त अवश्य देउ बदला टर्दैन यो बाण् कसै ॥७५॥
श्रीराम्चन्द्रजिको हुकुम् यति सुनी हात् जोरि बिन्ती गर्या ।
पापी छन् द्रुमकुल्यमा अहिर हुन् उत्तर् दिशामा पर्या ॥
ठाकुर्का यहि बाणले जति ति छन् पापी सबै नाश् गरोस् ।
यस् काम्ले म अनाथ् गरिब् हजुरका दास्को सबै ताप् हरोस् ॥७६॥
यति विनति गर्याको सूनि खुप् हर्ष मानी ।
सकल हरि दिनू भो तेहि बाण् जल्दि हानी ॥
रिस सित गइ बाण्ले पापिको नाश् गराई ।
सकि कन फिरि ठोक्रैमा पर्यो बाण आई ॥७७॥
Page:Bhanubhaktako ramayan.pdf/140
Appearance
This page has not been proofread
