ढोका छन् चार् सहर्का तहिं विरहरुको फौज् छ ठूलो बस्याको ।
जो ताहाँ पस्न जाला उ सित तहिं लडी मर्न कम्मर् कस्याको ॥
एक् अर्बुद् पूर्व ढोका तिर अति बलवान् जङ्गि पाले बस्याका ।
राक्षस् छन् हात्ति घोडा रथ अरु खजना ली खडा भै रह्याका ॥१२॥
ढोका पीछे यसै रित् सित खडि पहरा छन् सदा नित्य ताहाँ ।
येती जम्मा छ फौज् सब् भनि कन त खबर् पाइ सक्नू छ काहाँ ॥
यस्तो मज्बूतिको फौज् छ त पनि उहि फौज् ध्वस्त चौथाइ पार्याँ ।
लङ्का पोलेर सब् खाग् गरि कन सहजै वैरिको सेखि झार्याँ ॥१३॥
यहिं ढिल किन ख्वामित् जाउँ सागर् छ जाहाँ ।
कछु ढिल तहिं होला तर्नु पन्र्या छ ताहाँ ॥
यति विनति हनूमान्ले गर्याथ्या जसै ता ।
हुकुम पनि ति सुग्रिव्लाइ भै गो तसै ता ॥१४॥
हे सुग्रीव सखे असल् विजय यो मूहूर्त ऐल्हे पर्यो ।
येस् सायेत महाँ मूहूर्त न चुकी जस्ले त साइत् गर्यो ॥
तेस्ले जित्छ अवश्य यै बखतमा सायेत् इ फौज्ले गरुन् ।
मेरो दक्षिण नेत्र फुर्छ बढिया लक्षण् छ धिर् मन् धरुन् ॥१५॥
रावण्लाइ कुलै समेत् क्षय गरी ल्याइन्छ सीता पनी ।
वानर्को जति फौज् छ सब् अब चलोस् लियेर लङ्का भनी ॥
लक्ष्मण् अङ्गदमा चढुन् दुइ जना हामी हनूमान् महाँ ।
सुग्रिव्लाइ यती हुकुम् पनि गर्या प्रस्थान् प्रभूले तहाँ ॥१६॥
राम् सुग्रिव् हनुमान् महाँ चढि चल्या लक्ष्मण्जि अङ्गद्महाँ ।
वानर्को सब फौज् चल्यो पृथिवी सब् छोपेर हिंड्दा तहाँ ॥
चाहींदैन रसत् सबै विरहरू खान्छन् फलैफुल् फगत् ।
गर्जन्छन् सब विर्हरू तसबखत् सब् काम्न लाग्यो जगत् ॥१७॥
Page:Bhanubhaktako ramayan.pdf/130
Appearance
This page has not been proofread
