स्पष्टीकरणको सतहमा आइरहेछन् । कसैले ज्ञानलाई मानौं मोटर देख्यो, जो बादलको बिजुलीले प्रभावित हुन्छ ! जो अदृश्यको शब्द ल्याउँछ, त्यो यन्त्र कहाँनिर बसेको छ, कसले देख्यो होला ! म सुतिरहेको बेलामा 'भोलि पाँच बजे उठ्छ' भन्ने भावना अनन्तको घड़ीको सुई ट्वाक्क देखने गरी कसरी व्यूँकिएर उठ्तछ ?
'किरो'२ हो कि 'चीरो' हो मेरा हातका नसाहरूको अध्ययन गरेर मान्छे भएथ्यो । म आफ्नो मुखमा इतिहास लेखिरहेछु, आफ्ना हस्तरेखामा भाग्य भल्काइरहेछु, आफ्नो बनोटमा आध्यात्मिक अभिप्रायहरूको प्रकाशन गरिरहेछ। मेरो हात पढ़े दुनियाँलाई एक रहस्यको भण्डार छ, मेरो मुखाकृतिमा पाँच हजार पुस्तकालय छन् । तर संसार मलाई छाया भन्छ र म निराश भएर आखिर यी दिव्य जादूगरीको हातखुट्टा पसारेर अनन्त धकाइ र हताशले लम्पसार पर्दछु । दुनियाँले आगोमा जलाएर एक मुठी खरानी रहेछ भनेर जीवनको व्यर्थताउपर व्याख्यान छाँट्छ ! दुनियाँ अन्धो नभए दिन-दिन चितामा दिव्य चमत्कारहरू खरानी हुने, जल्ने थिएनन् र मानिस अमर हुन्थ्यो ! पढ़ाउनका निमित्त जन्मिएँ, दुनियाँ पढ़नाका निमित्त !
अनि हरेक विचार र भावनाहरू विश्वका बहीखातामा मैले कसरी लेखाइरहेछु ! एक भावमा, दुई सय कडोर नाता छन्, एक विचारमा विश्वको लहरोपहरो तानिन्छ। अनि सूक्ष्मातिसूक्ष्म सबैको होश राखेर मैले जवाफदेहीको भारले विश्वलाई कसरी अडाइरहेछु ! दुई सय कडोर बाजामा सुर बिग्रिएला भनेर म कसरी नसाका तार-तारमा सुरको ठेगाना राखेर प्रशिक्षणमा चलिरहेछु । मेरा निमित्त हरएक भाव र विचारको उचित फलदायित्वका न्यायका अदालतहरू सूक्ष्मका शासनमा कृति कडोर छन् । र तिनीहरू सबैलाई प्रबन्ध गराउने, होश गराउने र समतोल मिलाउने सत्य कस्तो चमत्कारी होला, जसले मलाई यो जादूगरीमा चकाचौंध बनाएर डुलाइरहेछ ।
यो मान्छे-जादू दुई खुट्टामा हिंडिरहेछ र संसारको रंगमञ्चमा नाची-नाची आफू दर्शक हुँदो पनि छ र आफ्नो प्रदर्शनी पनि देखाउँदो छ। यसभन्दा ठूलो चमत्कार दुनियाँमा छैन र यो शरीरको भित्र विचित्र २. अंग्रेजी सामुदायिक विद्यामा पारंगत प्रसिद्ध पुरुष।