तारल्य ने रहेछ भनेजस्तो लाग्न आउँछ । प्रकृतिका विशाल क्षेत्रमा हाभी स्थावरभन्दा जङ्गममा ज्यादा लहसिइरहेका छौ । हामीहरू चाहन्छौं कि पहाडहरूका ओठहरू चलून, तिनको नीलो दृढमूलत्व अलिकति हल्लियोस्, चलोस् । यस अभिलाषालाई दोलायमान वल्लरी वृक्षहरूले कहिले कहिले सन्तोष पुऱ्याउँछन् र कहिले बादल, हावा र ज्योति-परिवतनले। तर तिनको विशाल वक्षस्थलबाट हामीले समुत्सुक समीक्षण गरिएका सौन्दर्य सम्फिएका चीजहरूमध्ये सबभन्दा हृदयाकर्षक ध्वनिहरू तरल अधरवाला महीधरवक्षः प्रवाहित जलधारमा नै अनुभाव्य हुन्छ। यस्तो विदित हुन्छ, मानौ ती विशाल अभ्रभेदी शृश्रहरूका प्रतिक्षण प्राप्य उच्चदेशीय अनुभवहरू स्वर्गिक भाषाको अस्पष्ट माधुर्यसाथ जगत्प्रबाधक निनादहरू लहरा, चरा, फूल र हरियालीसँग मिसिएर निम्नप्रवाही बनिरहेछन्- त्यो मधुर शब्दोत्पादक रसिलो करालोमा, जो पारावारतिर जलबाहिनीलाई लैजान्छ । जागरित आत्माले एक सौन्दर्यका जल चन्द्रमानिनादित विशालका ध्वनिहरू कलकलाइरहेको पाउँदछ। विश्वको सागर अरू ठाउँमा यत्तिको मीठोसंग बोलेको थिएन। पहाडहरूका उच्चस्तरमा चढेर उनका हृदय मिलाउंदै र रसाउँदै उचित मात्रामा अविरल स्रोतमा पाषाण तरड़को मधुर सप्तकमय पथमा छर्बरिंदै छचल्किदै लुड़ र लुर्कन बन्दै कलमलाउँदे, फिल्मिलाउदै आएका स्वर-लहरीहरू शीघ्रतया हृदयान्तगंत हुन जान्छन् । तिनमा नैर्मल्यसँग ज्योति खेल्दछ । पानीको आत्मा फलफल हुन्छ, त्यो धवलायित प्रवाहशीलतामा जहाँ पानीयले पानीयत्व छाडेर ध्वनिमाधुर्यको अग्राह्यता लिन खोच्छ। यो प्रवाहमा आत्मालाई सञ्चालन गन सक्ने केही गुण विशेष तवरले फल्की-फल्की सजीव भइरहेछ । आँखा र कान दुवैले यहाँ भेट गदंछन् र ध्वनि दृश्यमान हुन्छ र दृश्य ध्वनिमय भएर श्रवणग्राह्य बन्न आउँछ। सौन्दर्य भनेको चीज प्रवाहमा छ। नित्य नव-नव नवीनता राख्नु नै कल्पनाको सौन्दर्यचेत हो । परिवर्तन संगीतमय यहीं बन्दछ । संसारको सौन्दर्य यहीं उद्भासित रहन्छ । भाषाले धैर्य र स्पष्टता छोडेर निनादमय माधुरी र अस्पष्टताको मोहनी लिन्छन्। उहाँ वस्तु र हृदयका भावनाहरूसँग केही विचित्र सामञ्जस्य छ। भावी कवि लहराउन खोज्दछ उसले लय र छन्द खोजिरहेको थियो। प्रकृतिका अरू ठाउँमा यत्तिको कविता चलेको देखिन्थ्यो । सरित्किनारले जति कवि बनाए, उति बगैचाले बनाएनन्
Page:Laxmi nibandhasangraha.pdf/43
Appearance