Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/133

From Nepali Proofreaders
Revision as of 15:06, 25 June 2025 by Prty (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

(४)
मोति झैँ चहकिला ग्रह, तारा
जो थिए तिनि लुके अब सारा ।
खालि एक दुइटा अवशिष्ट
शिष्ट झैँ मधुर कान्ति-विशिष्ट ॥

(५)
शीतलो कमल-सौरभधारी
वेगहीन हलुका सुखकारी ।
मन्द मारुत मनोहर आयो
धन्य हो ! प्रकृतिको महिमा यो ॥

(६)
दूरसम्म सुनिने कुखुराको
उच्च दीर्घतर सुन्दर डाको ।
घन्न कर्णपुटमा घनकन्छ
जोसुकै पनि बलाद्‌ बिउँझन्छ ॥

(७)
रागपूर्ण सुख पूर्व दिशाको
देखियो चहकदार मजाको ।
साऽऽनुराग उसका छन वश्य
काखमा तरुण भानु अवश्य ॥