This page has been proofread
प्रभात
(१)
रात पश्चिम दिशातिर भाग्यो
अन्धकार उसको पछि लाग्यो ।
लोकमा छ दिनको अब पालो
देखियो गगन केहि उज्यालो ।
(२)
विश्वमा न त समस्त उज्यालो
अन्धकार न त पूर्ण छ कालो ।
पुण्य-पाप-मय-जीवन-सङ्गी-
जीव झैँ जगत भो दुइरङ्गी ॥
(३)
चन्द्र-बिम्ब गगनाऽऽन्तर-चारी
मन्द मन्द मलिनाऽऽकृति-धारी ।
हेर अस्तगिरिका शिर पारि
देखियो दबिनलाइ तयारी ॥