Jump to content

Page:Prometheus.pdf/123

From Nepali Proofreaders
Revision as of 16:52, 22 June 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
एकादश सर्ग

(१)
तब फेरि गरै प्रमिथसले यो उच्चारण :
"ए अर्डनिकसित मानवजाति ! तेरो निमित्त
दुःखका जंजीरले म बाँधिएँ, कडा !
तर यो वेदना, यो जंजीर, मेरो छ अत्यातन्द !
यद्यपि मांसपिण्ड मेरो पनि छ मांसपिण्डसदृश !

(२)
'्यति सहन सकेँ मैले मानव ! तेरो निमित्त ।
यति शौक, यति सौख्य छ मेरो । मात्रास्पर्श
जित्दछ क्रमसँग सत्यध्येयमा सद्धुतिधारी,
सत्य-आउले । सत्य बिएबासमा । सत्यपक्षमा ।
सक्रम सहन जो परिआउँछ सत्यतत्वका लागि
नित्य विकासदछ । अदुभत शक्तिहरू सुष्प्त
जाग्दै जान्छन्‌ । अन्त्यमा बन्दछ मानव समेत,
नर्कटसदृश नाजुक, एक विश्वचमत्कार !
यही पाठशाला हो तपस्वीहरूको, यही तपस्या !
यही मृत्यु-विजयपथ । यही अमृतप्राप्ति ।

(३)
"तर मुक्तिको मार्ग छ घनघोर कठोर ।
एक विश्वविजय ! एक जीवनको अपूर्णता । अन्त ।
एक तृतीय चक्षुको उन्मीलन ! एक महासमरको
शान्त विजय एक अद्भुत जिनको, आत्मस्वरूप !

(४)
"एक विचाल्यता तनकी, मनकी, भावनकी
अनन्तपथमा ल्याउँछ विशाल, विशाल बक्रता,
दुर, दुर-विक्षेप, जसको विषद्ध नूृतन समर ।

(५)
"अब म आत्मविजयी बनिरहेछु प्रतिक्षण ।
मलाई आउँछ एक नवीन चेत । म सम्तखु
जित्न जिउसको महाशक्तिको साग्राज्य ।