एक युग, एक समय, एक बार,
दिनकरसरि गोधूली वनमा धनको
तर मर्नेछैन सत्य । अझर; अमर !
(४१)
"शारता यही जगत्को अनल युगको !
पही महासत्य ! आत्मा मानवको नहोला
असुन्दरले कहीँ तृप्त ! यसको महातृषा
सदा सुन्दरको, सुन्दरको, सुन्दरको ।
असुन्दरी वेदना यदि सुन्दरतिर लग्छे,
त्यही सुन्दरको आखिरको हो ठोस अंग !
(४२)
"सत्यतरफ यस सुन्दरको क्रियामा
मानव हो अनन्त धारिलो, अनन्त शक्तिमान
विश्वशस्त्र । यो उग्र छ, उग्र, उग्र अनन्त ।
नखदन्त चंचुलोहिता प्रकृतिस्वरूप
महाशक्ति त्यही मानव आत्माकी संघर्षकी
छाया हो औक्षेत्र । संघर्ष त्यही सुन्दरतर्फ
आत्मप्रकाशनको, आत्माप्रकाशनको पूर्ण ।
(४३)
महानिद्र स्वर्ग डराउला आखिर एक वार
जब होता त्यो सचैत । पर्वत गिर्नेछन् ।
लाडीहरू उठ्नेछन् यस संसारमा समुच्च ।
मध्याहनको शिरोविन्दु ग्रीष्प दिवाकर
अत्याचारी डुब्दछ, डुब्दछ जलमा लाचार !
(४४)
अनि आउला मानवको सुत्रर्ण युग, एक,
सुखी अरूभन्दा अरूभन्दा क्रम दु:खी;
अह्ुभन्दा अधिक सिर्जनाको, अधिक
भावनाको, कल्पना, कर्म्मको उत्तेजित युग;
जब सधैँको भन्दा .टाढा नजर पुन्याई
चौडा देरुला मानव... चौडा जिउला जीवन ।"
(४५)
यस भविष्यवाणीका साथ ती महावीर
उच्चारणप्रसृत नवधेदनाले समाकल
दायाँ कोल्टे फर्के... अति ललो भयो उनको ग्रीवा ।
ती एक समर विजेता है एक वार मरी
फेरि निउँसिन लाग्दा आत्मा सदृश भए !
Page:Prometheus.pdf/122
Appearance
This page has not been proofread
