नवदृष्टियुत...उ ! उ ! हेर, भविष्यको समयपटमा !
(२६)
"कुनै दिवस म ताज पहिराउन आउनेछ्नु
तिम्रो अविनत भालमा प्रमिथस, ए वीर !
मत्र सुन्दर स्बतंत्रताको सुन जो फ्याँबदछ
युग-युगको लौह जंजीर, फोर्दछ वज्र कडा
कैद, कैदका पिजर...जसले सारा संसारमा
एक नव शक्तिको गर्दछ मधुमय संचार !
त्यो यही हो सुन प्रमिथस, ए महावीर 1!
'अबन्धन बनू ए युग युगको कैदी विहग !
उड्नु छ नवाकाशमा, सुवर्ण-संदेश !"
(२७)
"स्वतत्रताको निमित्त सकल घर्म्म मर्म्म
सकल पूर्व दृष्टि संसारमा, सकल तपस्या ।
स्वतंत्रता हो स्बर्ग, यसको अभाव नरक !
तर स्वतँत्रता होइन एक जथाभावी गति ।
न एक बेताल । यो हो मानवताको पूर्णताको
पथको चेत प्रतिक्षण । यो हो आदतहरू उपर
विजय, खराब जो छन् जो मानवता विकास
पथका विस्तीर्ण जहरिला तीखा काँटा ।
यो मानबताको आत्म-विकासी दृढ समादर ।
यही हो प्राप्यहरूको सुवर्ण शिखर जगमा ।"
(२८)
तग् यति थपिन् स्वतंत्रताले यसपछि ।
""प्रमिधस ! घर्म्महरू यसका नाममा अनेक
सिर्जन हनेछन् तर ती बहुधा बेर्नेछन्
साँपहरूका फन्काले झैँ यसको आत्मालाई ।
अनेक दर्शन निक्लनेछन् यसका नाममा
तर बहुधा रोक्नेछन् यसलाई । आदतहरू,
अदबहरू बनाउनेछ मानव यसनिमित्त
तिनमा पनि लाग्नेछन् समयका खिया ।
सुवर्ण-जंजीर मेरो रोक्नेछैन कसैको गति ।
तर ती मानव-जाति जान्नेछैनन् युग, युग
कुन बेला सुवर्ण-लौह बन्यो बोरा ।
केवल सद्भावना, सत्कामना, सुन्दरताको चेत
मात्र छ स्बतंत्रताको युग, युगको सहायक एक !"
(२९)
यति उच्न्वारण गरी बिलाइन् स्वतंग्रता
Page:Prometheus.pdf/108
Appearance
This page has not been proofread
