Jump to content

Page:Shakuntala.pdf/143

From Nepali Proofreaders
Revision as of 12:51, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "ध्वनि मृदु मुरलीका चल्दछन्‌ शवाससाथ । अनि स्वर मधुर बनेका मञ्जरी फूल पात ॥ विहग गलाले टिप्दछन्‌ रङ्ग रङ्गी । क्राषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥ १४) विटप बहु-प्रशाखा जिन्दगी झ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

ध्वनि मृदु मुरलीका चल्दछन्‌ शवाससाथ । अनि

स्वर मधुर

बनेका

मञ्जरी

फूल

पात ॥

विहग गलाले टिप्दछन्‌ रङ्ग रङ्गी । क्राषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥ १४)

विटप बहु-प्रशाखा जिन्दगी झैं खडा छन्‌ ।

खबरहरु चरा छन्‌, स्वर्गसन्देश-चारु ॥ बहुविध रस खोज्ने, गुप्त तृष्णा जरा छन्‌ । कुसुमहरु कला छन्‌ रङ्ग चढ्दा सुरा छन्‌ ॥ (१) दिन दिन छ खुलेको वन्य आनन्द दिव्य । कुसुम मधुर पाना रेखिँदो रङ्ग सभ्य॥

तह तह छ किताबी अक्षरा$$भास भारी । प्रकृतिह्ृदयमा

छन्‌

पाठ

(१७)

राम्रा

विहारी ॥

अलि पर बहेँदी छन्‌ मालिनी कल्कलाई । जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥

व्मुषि सहृदय सिक्छन्‌ छन्द त्यो भावभित्र ।

विपिनसरि जगत्‌ यो फुल्छ बन्दै विचित्र॥ पद)

प्रकृतपन नशामा, अङ्गमा वन्य भाव । हृदय-कुसुम-गन्धी

वल्लरीका

स्वभाव ॥

नयन मृदु कुरङ्गी बोल कल्लोलवालासहित मधुर बैंसे फुल्दछन्‌ वन्य-बाला ॥

(१९) भझिलिमिलि न छ खल्लो चाहना चारु थोर ।

प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥ क्राषिमहल हरीयो पात झुम्का सिँगार । विटप विविध खम्बा कुन्ज खोपी हजार ॥ सुखद विपिनवल्ली छन्‌ नटी बैंसदार ।

मधुर लय गला छन्‌ राज्य यो क्या अपार ॥ (२०)

१३८