Jump to content

Page:Shakuntala.pdf/142

From Nepali Proofreaders
Revision as of 12:51, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे । बकबक बतुरेको वाक्‌ बनेको बतासे ॥ स्वजनतिर निहारी भन्दछन्‌ छत्रधारी । “वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥” (९) "सुनन कति सुरीला बोल्दछन्‌ वृक्ष...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे । बकबक

बतुरेको

वाक्‌ बनेको

बतासे ॥

स्वजनतिर निहारी भन्दछन्‌ छत्रधारी । “वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥” (९) "सुनन कति सुरीला बोल्दछन्‌ वृक्षमाथि ।

रँग बिरँग फुलेका चारु शाखा सगाती॥

कसुमहरु उडे

बोल पाएर नाना ।

मुखरित महिमा झैं साँझ आई छुँदामा ॥ १०)

अगणित महिमाका रङ्ग फुट्छन्‌ हजार । जलद-लसित ज्योत्स्ना दृश्यका छन्‌ किनार ॥ बहुल अधर हालूँ भाव भन्दो सुभाषी । कुसुम, विहग, लाली, प्रेममा चल्छ गाँसी ॥

(फो)

सुखमय दिल जो जो बोल्न सक्तैन बोल । पुलकित तरु बोल्छन्‌ नीड पाली अमोल ॥

अनुभवहरु राम्रा

फैलिँदी कल्पनामा ।

स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥

मुखरितसरि बोल्छन्‌ अर्ध नाघ्नेपनामा । (पर)

लहलह

हरियोमा

समररहित

जिन्दगी

मीठा

झुल्छ रङ्गी ।

शान्तिका

भाव-भङ्नी ॥

चचह चचह गर्छन्‌ फुल्छ रङ्गिन्छ फुट्छ ।

प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥

२)

अतिशय मृदु राम्रा फूलका जो जरामा ।

अधर

मृदुल खोज्ने बोल्नलाई

धरामा ॥

किरण मधुर भज्ने मोहिनी वन्य चारु । पवनसँग हिलेका छन्‌ हँसीला शिकारू ॥

१४)

'