Jump to content

Page:Laxmi nibandhasangraha.pdf/190

From Nepali Proofreaders
Revision as of 10:24, 21 June 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

जूवा

मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरुमध्ये सबभन्दा रोचक र जीवनको लाभ–हानि, उक्साइ–गडाइनजिक आउने एउटा खेल जुवा छ । यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा मोहनी हुन्छ, जो सबै खेलमा पाइन्न । यसले त्यो–

'त्यो गोल टन्न बजने नयनाभिराम
जस्लाई पक्डन मुसारनमा तमाम
छाती पिटेर दुनियाँ रहँदो छ सारा
चौका तियाहरु गरेर कराइ मारा'–

त्यस्तो मनुष्यको मुटुजस्तो तवर्गका दुई अन्तिम अक्षरहरुले नाम बनेको चिजसँग घनिष्ट सम्बन्ध राखेर यस खेलले सारा दुनियाँको हृदयलाई समुत्सुक बनाउँदै आनन्द भाग्यका सोह्र दन्त हँसाउँदै घोप्ट्याउँदै क्षण–क्षणमा विशालका भावहरु उद्वेलित गराउँछ । खेलको मुख्य आत्मा नै सजीव उत्साह हो । जनु लेखमा मानिस शरीर र हृदय दुवैले हाम्फालेर डुबुल्की लिंदैन त्यस खेलमा सजीव रोचकता हुँदैन । जुवाले गरिब र धनी दुवैलाई आफ्ना–आफ्ना कक्षामा मुटु पक्रेकै देखिन्छ । यसले अरु चिजलाई भन्दा हृदयलाइ ज्यादा छुन्छ । हार्दिक भावहरु परिवर्तन गराउनु नै यसको लक्षण हो । हेर, भाग्यको विधानमा जिज्ञासु बनेका तिखा समुत्सुक आँखाहरुलाई मानिसले आफ्नो अदृष्ट देख्न हरहमेशा चाख देखाइरहेछ । भविष्यको पाना एकै क्षणअगाडिको भए तापनि उल्टाउन पाए उसलाई जगबको आनन्द मिल्छ । दोस्रो श्वासमा के लेखिएको छ भनेर मुटु ढक्क फुल्दछ, श्वास रोकिन्छ ! मनुष्यका सम्पूर्ण पूर्व–प्रतीक्षक भविष्यजिज्ञासु भावहरु र शक्तिहरु उत्तेजित भएर आउँछन् र अँध्यारोको पर्दाबाट भाग्यका कौडीको उलट–पुलटको सङ्केत हेर्न उसका दुइटा नानी पूरा मगजको जोडले खुम्चिएर केन्द्रीभूत रहन्छन् ।