Jump to content

Page:Laxmi nibandhasangraha.pdf/191

From Nepali Proofreaders
This page has not been proofread

मानिसको ज्योतिषशास्त्र सारा फजुल होइन । पूर्वनिरीक्षण पनि केही मात्रामा दिइएको छ । उः हेर, अर्कोचाहिं बायाँ हातको पृष्ठमा कार्तिकको कुइरोले खारेखेर बनाएको पातलो छाला खुम्च्याएर ड्याडहरु गन्दछ ! ऊ एउटा ईश्वरको सहारा लिन्छ र जय महाकाली ठिक–ठिक बताइदेऊ भनेर ती रेखाहरुद्वारा कौडीको मूसे दाँत कतापट्टि हास्छ भनेर जीवनको सम्पत्तिबाट सांसारिक खतराको खालमा कतिसम्म कतापट्टि राख्न श्रेय छ भन्ने अन्दाज गरिरहेछ । अडकलपच्चिसी नै जीवन हो र कतिलाई डर लागिरहेछ कि मौकाको राज्यमा मानव पूर्वप्रतीक्षा याथार्थिक साफल्यमा आउँदैन कि ! लाभ र हानिको आशा र नैराश्यमा मनुष्यको आत्म आनन्दको खेल मनाइरहेछ र व्यापार र जीवनमा लेनदेनको संसारमा उद्वेलित हुने भावहरुका नाटकीय र सजीव याथार्थिकता अनुभव गर्दै तुलबुलाउँदै, धरमराउँदै, अनिश्चितको मोहनीमा खतराबाट फाइदा उठाउनका निमित्त आफ्ना सम्पूर्ण शक्तिहरुको आधारमा अपूर्ण मानव– समझ लगाएर हात फुकेर जाने या खल्ती गरम गने मौका ताकिरहेछ । यस खेलमा सच्चा जीवनको नाटकीयता छ । तर नाटकमा नटुवाहरुले आफूलाई बिर्सेर समय र पात्रसँग तल्लीनता राखे झैं घरको अवस्था र रुपियाँको साधारण मोल बिर्सेको आत्माको अर्धचेती कक्षामा यथार्थ साफल्य हुँदैन कि भन्ने त्रास काम गरिरहेछ । आखिरमा दुनियाँमा निश्चित भन्ने कुरै छैन ! हरेक कदम अनिश्चित छ । जीवनमा आकाशखेतीको रङ छँदैछ । एक झिमिकमा के हुन्छ हामी भेट्टाउन सक्तैनौं । त्यति भेट्टाउन सके संसारबाट जीवनबाट मोहनी नै हराउँथ्यो ! तब न यो दुनियाँ तिलस्मी उपन्यास छ । सबतिरबाट समालिएको र घनीभूत भएको चेत ईश्वरको कृपाले च्वाट्ट ठाउँमा पर्‍यो भने मात्र बस ! जीवनको जुवा जितियो, नत्र अँध्यारोमा झटारो हान्नु छ । ज्योतिष सधैं सफल नहुनु ताराको दोष होइन, नियमलाई नाघ्नेपना न जीवन हो । सबै ग्रहहरुको स्थान ता हेरिसकियो, तर विचार गने बेलाको साइत बिर्सन सकिन्छ, त्यसै कारण मौकावादीहरुका किताब पनि दार्शनिक विवेक ठहर्‍याइएका छन् । नियमको राज्य देखिए पनि विश्वमा आकस्मिकता र मायामा विक्षेप छैन भन्न सकिंदैन । यसै कारण जुवा हारिन्छ, तर जुवाको खेल एक सूक्ष्म कला हो । यसलाई नियममा ल्याउन सकिंदैन र चित्रकार र लेखहरु झैं सत्यान्वेषणमा अगाडि