Jump to content

Page:Prometheus.pdf/88

From Nepali Proofreaders
Revision as of 11:21, 6 June 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

जोग, विजोगहरूका द्रष्टा, ए सदा ज्वलित !
बोल, बोल, के यो मम अन्तर्बेदना
सहस, सहस्र मार्तडहरूको झैँ छैन प्रचंड ?

(३३)
ए करकर फंफादन्तले क्रतु, क्रतु, चर्चित
महीएहपति, अनगिन, अनगिन दलका
विक्षुब्ध वेदनाका जलमय कन्दन शतवार,
कंटका६५कीर्ण अन्त, एक अनर्कटार बन,
ए दाबानल ध्वस्त बराबर, बोल, बोल
त्यस बेदनाले ध्वनि जो मानव भाषा
सक्तैन बोल्न यस संसारमा आज,

(३४)
ए प्रकाश-उपहासित सभीरका विस्तार्य
वाष्पस्रज बादल, आँसुहरूले निर्म्मित,
युग युग रोयौ तिमीहरू बिजुली नागिनी
अनल कलेवरा महती वेदताले दष्ट,
बरबर, बरबर, ए जलवाहहो ! बोल,
ए आँचीहरूका फपटले चूर, चूर च्यातिई
घरा, धरा, घृजा, घजा बनी बटारिँदा बराबर
घराधरका शिखरहरूमा, रोई, रोई, बोल,
बोल धराधारित धराधारक जीवहरूको
अन्तर्वेदना यो अनिर्वचनीय मेरो बोल !

(३५)
अमर वेदना अमरकी, अमर युगकी,
अमृतपथकी बेदना, अधरतिनाकी,
अनुच्चार्या, अचिन्तनीया, नित्यढरिनी,
आज अन्त:करको प्रमिथसकी रानी छ
भुंग्रो अमर, भस-भस जल्ने, अनिर्वाच्य !
एक कलेजाकी च्र घृजामा विराजिता,
शृलहस्ता चंडी उग्र रुधिरवदनी
महावेदना ! ज्वलित प्राणहरूसँग खेल्छे
उपहासकेलि, कौतूहल आह, आहको लिई
ओह, ओह, बेदनी महती, उग्र, उग्र ?

(३६)
"तुषारशिकार, स्याँठहरूको श्वासभूमि,
असिनाको तारो, ग्रीष्पको चह्ललोसमान,
शंखाकपेटाको चट्टान भित्तिकासदश म,
म प्रमिधस, दृढ-कीलित यो पएस्तरमा समुच्न्,