Jump to content

Page:Prometheus.pdf/89

From Nepali Proofreaders
This page has not been proofread

असहन सहनेछ्नु सहन नसकी, नसकी ।
क्षण क्षण क्षयशील क्षण, क्षण संवर्द्धित ।
मृत्युको मलम यहाँ छैन मलाई अमर,
मर्दिनँ म, न वेदना मर्छ, मेरी संगिनी !
न मार्न सक्तछे मलाई त्यसले मृत्यु बनी ।

(३७)
हाय, मैरौ कति अपराध ? के अभियोग ?
केवल, केवल, केवल, मानवप्रेम नीडर !
मानवप्रेमको मेरो अनिर्वचनीय अभिशाप,
अति आत्मविस्मृतिलाई छ जुन्‌ घोर ज्वलन्‌
जस्तो दारुण तपस्वी दारलाई भृगारहीन,
उ महीरुहको जरहितैषी चोइटो करको
मूक क्तुवेदना, वंचरो खाइ रसहीन
नांगो बलिङ निन्दनीय लत्याईँदो ल्याइँदो
अगिन-गन्दिर अगाडि खरानी बनाइन
चुइँचुईँ गर्दै जल्दछ, सुक्खा आँसु निचोरी
केवल उसको अभिशाप मानवहरूको हित !

(३८)
"राक्षस द:ख मेरो, अजङ, अजङ, अजङ
जंगी, जंगी प्रतिक्षण फुल्दछ महत्चचेता,
विशालांग, ओह, बडवानल पीडा मनवनको !
ध्वस्त छ अन्तर सब, आशाको हरितता सब
नष्ट ध्वस्त छ एक खैरो खंडहरमा,
उफ, सूर्य-ज्वलन । उफ्‌ तूर्यज्वलन !
सर्वस्व विदीर्ण ! सर्वकल्पना भस्मसात्‌ ।
तर यस ज्वालामा अमर पुतली देख्दछ
एक आफ्नौ अमरत्न, एक अमरत्वको महत्त्व !

(३९)
"पृथिबीमंडलसरि गढ्गो बन्दछ
शिर मेरो, आकाशसदुश अनलदष्ट
शीशा, शीशा मनको पातलो गुरु बोर ।
नित्य चिता चिन्तन ! दन्धनसरि सब तन !
अणु, अणु वेधित, विदीर्ण विचारका !
रफोट, स्फोट वेदनाका प्रतिभाव
बिफलता५कल प्रतिक्षण, प्रतिक्षण,
एक क्रुर किरकिरी खान्छ अस्थिपंजर
मेरो, रगडी, रगडी । औह, उरको यो