१५६९ साल हो। हाम्रा गोर्खा भाषाको उन्नतिको उदय पनि यंसै वर्ष भयो भनी जान्नू । गोर्खा भाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा पैह्ले भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन् । इन्को जन्मस्थल तनहुँ देशका चुँदी बेसीको रमू्घा नाम गरेको गाउँ हो । यस्को खुलस्ता निज कविले एक प्रश्नोत्तरा भन्ने ग्रन्थका अन्त्येमा लेखेका पनि छन्, जुन् श्लोकलाई म जहाँ जस्ताको तस्तो गरी प्रमाणका खातिर् लेखी दिन्छु- भानभक्त भनी प्रसिद्ध तरमा जस्को त नाउँ पनि । घर् तित्को तनहुँ त बेसि चुँदि हो गाकँ छ रम्घा भनी ॥ प्रख्यात् छन् सब लोकमा ति गुणि हुन् विद्वान् कवी खुन् थिया । यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया ॥२ क यो श्लोक भानुभक्तले बनागेको ठ्वैन भनी कसैले पनि शङ्ख पर्नु । वमा उत्तम पुरुष की उक्ति नपारी प्रथम पुरुषलाई देखाई बनाउनाको मतलब् कवि भानुभम्तको क्या हो भने यसरी लेखेदेखिन् पद्यमा भनाइको छाँट अनौठा देखियेला भन्ने हो ।
Page:Kavi bhanubhaktako jivancharitra.pdf/13
Appearance