"निक्कै चर्को हुनाले शिर अलि गरुँगो बन्न लाग्यो मलाई ।
केही धीमा भए यो सुखसँग म थिएँ स्वर्गको मार्ग जाने ॥"
भन्दा हाँसेर भन्छन् "जससँग पहिले गर्वले हुन्छ बात ।
त्यस्कै माफी नमागी हृदनल त त्यसै शीतलो हन्छ जात ॥"
(१७)
"जो जो छन् रात्रु मेरा सुर नरहरु वा गर्व गर्ने मसाध ।
तापी हुन्छन् प्रयोगी 'हृदनल' जब यो हन्छ आग्नेय जान ॥
आफैलाई नजोरी कर रिपुहरुले या घमण्डीहरूले ।
यो ठण्डा नै नबन्ने हुन गइ दुख भो हुन्छु लाचार ऐले ॥"
(१८)
भन्दा झक्छन् बुझेका स्रवर शिरले "शस्त्र ! माम्छु क्षमा म ।
भन्दै जोडेर दोटै कर नरम बनी ""भूपको हँ म भक्त ॥
ठण्डा भो ताप भाग्यौ रमरम मनको माफिकै मस्त पारी ।
"प्यारा मेरा सुहृद् हौ' सरि 'ढृदनल' ले दिन्छ सन्देश भारी ॥
(१९)
चढ्दै चढ्दै गयो त्यो सुरपुरपयमा उच्च भै शीघ्र यान ।
पैहले हस्सू छिचोली जललवहरुको जाल झै शीघ शीघ ॥
नाटो केही निलायो छिनभर परको व्योम नन्दा अदृश्य ।
डफ्फा डफ्फा चलेका हरहर, कृद्दरा बीचमा खात खात ॥
(२०)
चढ्दै चढ्दै गयो त्यो जलदउपर भो वाष्पपदसिमान ।
सेतो इन्द्रैनि पर्दो तहतह कद्टरोमाथि उक्लेर यान ॥
मानो आत्मा उज्यालो दिनकर हरिको स्वर्गगामी उडालु ।
बाक्लो छौडेर माया तहतह ढकनी छेड्न बन्दो सिपाल् ॥
(२१)
घप्धपघप् घप्कंदा छन् रविगगन सफा नीरमा झन् उज्याला ।
मायाभन्दा महात्मा हँसमुख छविमा आफु सानन्द रूप ॥
मानो आफ्ना उज्याला किरणहरु बजाएर ततन्त्री झनन्न ।
बस्दा एक्लो उज्यालो रह अति सुकिलो भित्र दिव्य प्रसन्न ॥
(२२)
Page:Shakuntala.pdf/329
Appearance
This page has not been proofread
