आत्मालाइ अतीव त्यै वशा न हो जो प्रेमको पीर हो ।
त्यस्तो पीर सहेर दूर रहँदा बिर्सीदिनू तीर हो ॥
बिर्सी आज रहेर वैलनु त्यसै रोई पलाईकन ।
त्यो आशा पनि मर्नु चोट कसरी पाई गयो त्यो मन ॥
(४१)
होलिनु आज आज हँदी कतै वनकना प्यारी कठै सुन्दरी ।
गद छिपाइ पड्ख दुद्ले लोट्दा अनोला चरी ॥
जीडा ढुक्क्रले करुर गरिँदा ब्यूँझेर झन् सम्झना ।
होलिन् बादल झै लिँदो चुहिनको व्यापी अँघ्यारोपना ॥
(४२)
वर्षाकी बहिनी बनेर बनमा सारा रुलाई मुना ।
नर््बर्नर् दुखिनी तिनी प्रकृतिमा होलिन् रँदी सम्झना ॥
चीसा च्याँठ उठी विलापहरुका ती श्वास होलान् बरा ।
काँपेका मृदुपत्र पत्रमनका सारा रुझाई हरा ॥
(४३)
त्यस्तो चोट परेन आँघिहरुमा त्यस्ता कडा भाषण ।
एक्ली ती वनमा हुँदा नलप्रिया त्यक्ता भरी लोचन ॥
सावित्री पनि मूर्छिता हुन गइन् यो चोट केमा पस्यो ?
हा ! हा ! ती मृद्लाङ्गिनी वनपरी भै बज्ज चड्दकी गयो ॥
(४४)
बाटो चट्ट बिराउँदी वनविषे मानी कनै बालिका ।
मेघाच्छन्न दशाविषे विपिनका सिंहादिले गर्जिँदा ॥
यौटा वृक्ष लिएर आड मुटुको गाढा दिँदी ढुकढुकी ।
भाषाहीन बनी बराबर दशा होला तिनैको पनि ॥
(४५)
कोही छैन मलाइ आज जगमा यौटा उनै ईश्वर ।
भन्ने भाव गरी नुझी कसुम नै काँढाहरूमा घर ॥
गेरू भस्म लगाउँदी हुन गइन् या सुन्दरी योगिनी ।
ठूजछो चोट परी घृणा हुन गइन् या दिव्य ती मोहिनी ॥ ?
(४६)
Page:Shakuntala.pdf/323
Appearance
This page has not been proofread
