Jump to content

Page:Shakuntala.pdf/312

From Nepali Proofreaders
This page has not been proofread

बने आँखा वृरठाकन सजल छोरीतिर दशा ।
निहारी आँखाका हृदयतिर छ खँपन हुँदा ॥
"अभागी रैछौ नि प्रकृतिदृहिता मोहनपरी ।
तिमी रानी ह्यौली सब जगत भन्ध्यो वरिपरि ॥"
(२१०)

भनी हेर्छिन्‌ वृद्धा, द्विज दुइ बसी द्वारनिकट ।
"हिँडे! आमै" भन्दै करकर गरी क्रोधविकट ॥
"न जाउँ छोडेरै, न त अब अडी विन्ति गह नि !"
भनी दोधारे छन्‌ "बस नत्यज अड्डी लिउ" भनी ॥
"बुझाई यो आफ्नो हक र घर सम्झी अन बस ।
बरू नोकर्नी झै पनि हुन गई सत्यविवश ॥"
(२११)

त्यहाँ बोले राजा "अबुझ नकटीहो ! पर सर ।
कहाँकी टाँसो यो ? यसकन लगीद्यौ जनि गर ॥
शरापी के गर्छौ छल कपटका मूर्तिहरुको ।
मलाई थाहा नै नभइ कसरी गर्भ हुन गो ?
(२१२)

शरापे झूटाले मकन डर क्यै छैन राखु,
सराष्छन्‌ गुण्डाले शहरभर ५ पनि ॥
सफा राजा खुद समरमा चल्दछ घुमी मी ।
खराबी गर्नेका वचन सब कटकटी ॥
(२१३)

तिमी जाक आमै ! ञ्पिकन सुनाक सब यही ।
यिनी ह्वैनन्‌ मेरी छल-कपटको गर्भ बिचरी ॥"
नबोल्दै यौटा ती कद वचन बौल्छन्‌ द्विजवर ।
"अरे !' जोकिदेै त्यौ हृदयकपटी दै विषधर !"
(२१४)

स्‌नी रन्की ताती वदन अन रातो हुन गई ।
भए आँखा ठूला "नबक बढ्ता बाहनचरी ।
म सच्चा बोल्दो छु प्रक्तपनको न्यायसहित ।
तिमी झूटो सम्झी वचन किन छौ बृद्धिरहित ?"
(२१५)