पन्छीहरू सखि बनेर 'शाकन्तला' जो ।
जाहेर नै छ प्रभुमा अन सम्फझिपाउैँ ॥
के बिन्ति फेरि प्रभुमा म झिँझो चढाउ ।"
(१५५)
सुन्दा यस्ता वचन क्रषिका शिष्यका, क फेरि ।
निर्सी जाँदा विषय अघिको छक्क भै टक्क हेरी ॥
"यो के ठूलो छल सब मिली गर्दछन् रै मलाई ।"
भन्दै क्रोधी वचन नबुझी भन्दछन् च्याँठ आई ॥
(१५६)
"बिक्री गर्ने मन यदि भए आज जाउ बजार ।
यस्तो झूटो विषय ठगले किन्न यौ के अपार ॥
कस्ता उल्का समय निनुका नात गर्छौ विचित्र ।
झूटो सारा छल अब बुझ क्या अनौठा चरित्र ॥
(१५७)
आफ्नो कोखो अन गर खुला गर्भिणी सुन्दरी छौ ।
मेरी ह्वैनौ मकन सब यो याद राम्रो छ जान ॥
भेटै हाम्रो तिभुवनभरी हेर ! काही भएन ।
को हौ को हौ अविदितमुखी सम्झना नै रहेन ॥
(१५८)
मैले तिम्रो न त श्रवणले नामसम्मन् सुनेथें ।
भेटी काहीं न तिभुवनमा एक नातै भनेथे ॥
झूटो बट्टा विमल यशमा दाग्न आयौ तिमी के ?
को भन्ठान्यौ मकन जसले दृन्द्र तुच्छै गनेथें ॥
(१५९)
आमै ! छोरीकन लगत यीह्वैनयो गर्भ मेरो ।
झटो वार्ता नगर अन लौ काट्दछौ राज्य-फेरो ?
कस्तो हौला स्मृति पुरुषको गर्भिणी जो नचिन्ला ।
जाउ जाक शहरतिर यी सुन्दरी एक किन्ला ॥
(१६०)
Page:Shakuntala.pdf/302
Appearance
This page has not been proofread
