छकाएको होला मकन कि भनी उज्ज्वल बनिन् ।
अझै आशा गर्दी जलद अलि उचघ्रेसरि फिका ॥
चियाइन् राजाको मुखतिर उनी, कृद्ध संहसा ।
उनी भन्छन् "यो के छल ? नबुझिसक्ने छ बहस ॥
(१५२)
कर्हो मैले देखेँ यिनकन कहाँको वनतिर
यिनी नौली को को ? म त न पहिचानूँ क्षणभर ॥
न जाने नामै नै न त कुल न पाएँ परिचय ।
कहाँ बस्थिन् पैले कन घरविषे कौन जनको ॥"
(१५३)
शारङ्गवत् अघि सरे अन भूपलाई ।
राम्रो गरीकन क्रा सब भन्नलाई ॥
"सर्कारको हुन गयो वनमा सवारी ।
राखेर फौज रथ वस्त्रहरू पछाडि ॥
(१५४)
बेला थियो मधुर पुष्प र मञ्जरीको ।
खेदेर मिर्गकन कण्वपिता कुटीको ॥
ज्यादा थियो शारम अग्र भएर आई ।
'त्यो हो कुटीनमृग' भनीकन बिन्ति लाई ॥
रोकेर आश्रमविषे प्रभुको सवारी ।
भो, पी थिए युवति चार त्यहाँ अगाडि ॥
टाढा भएर क्रषि कण्व यिनीहरूले ।
सत्कार मात्र प्रभुको न त गर्न पाए ॥
सेना त्यसै समयमा प्रभृतर्फ आयो ।
'बस्छु' भनेर वनमा प्रभुबाट आज्ञा ॥
पाएर ती सब गए प्रभु राजधानी ।
केही बसेर दिन त्यो वनमा निहा भो ॥
यी सुन्दरीसँग, यिनी ग्रषिकी सुता हन् ।
गान्धर्व जो जब विवाह परेर काम ॥
सड्य्रामको प्रभु सवारि भयो स्वधाम ।
यी गर्भिणी हुन गइन् यिनको छ नाम ॥
Page:Shakuntala.pdf/301
Appearance
This page has not been proofread
