Jump to content

Page:Shakuntala.pdf/283

From Nepali Proofreaders
This page has not been proofread

धक्का दिन्थ्यो बजाई मुटुतिर डरले चौडिए नेत्र लामा ।
बोलिन्‌ ती गौतमीले "म हुँ प्रभु वनकी कण्वपत्नी वयस्क ॥
ती हुन्‌ छोरी अगाडि प्रभु निकट यिनै पाउमा राख माथ ।"
भन्दा आशा उठेकी नृपपयर छुँदी उद्दछिन्‌ प्रेमसाथ ॥
(५३)

"हा: हा; कन्या उज्याली द्विजकलदुहिता के गरेको" भनेर ।
उद्दा राजा जुरुक्कै चकित दुइ नने 'के भएको' भनेर ॥
"पत्नी आफ्नी नचिन्ने नृपवर किन हो आज यस्तो बहाना ?"
- भन्दा आश्चर्य मानी दुलुदुलु नृपले हेर्न थाले दुवैमा ॥
(५४)

"को यिनीहरु ? यहाँ किन आए !
कण्वले किन मलाई छकाए ॥
सम्झना न छ ममा यिनसाध ।
भेटतम्म न त सम्भैँ न बात ॥
(५५)

एक रात न बसेँ सँग काहीँ ।
गर्भिणी युवति छन्‌ अघि याही ॥
के भयो नि ! जगदीश ! फसाद ।
हुन्न हाय ! यिनको रति याद ॥
(५६)

पाप लाग्छ गहिरो पछिसम्म ।
बिर्सिए यति ! म बन्छु अचम्म ॥
देखिएन यिनलाइ अगाडि ।
के गरी ग्रहण गर्नु पछाडि ॥
(५७)

ह्वैन ह्वैन तर ह्वैन जख्र ।
सम्झनै पनि नभै यति बेर ॥
हेर्छ सुन्दर मुहार न चिन्छु ।
यो छकावट भनी बुझिलिन्छ्‌ ॥
(५८)